Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

विराटनगर, चैत ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीको आइजीपी नियुक्ति गर्ने अधिकार सरकारमा रहेको बताएका छन् । सभापति देउवाले सर्वोच्च अदालतले गरेको फैसलाको घुमाउरो तरिकाले अदालतलाई जवाफ समेत दिएका छन् । बिराटनगरको हाटखोलमा आयोजित नेपाली कांग्रेसको चुनाव लक्षित सभालाई सम्वोधन गर्न शुक्रबार बिहान बिराटनगर पुगेका सभापति देउवाले आइजीपी प्रकरणबारे मुख खोलेका हुन् ।
सरकारले जयबहादुर चन्दलाई आएजीपी नियुक्त गरेकोमा सर्वोच्च अदालतले रद्द गरिसकेको छ । अदालतले नवराज सिलवाललाई आइजीपी बनाउनुपर्ने गरी आदेश दिए पनि सरकारले यसबारे कुनै निर्णय गरेको छैन । आइजीपी नियुक्ति बारे पत्रकारले राखेको जिज्ञासामा सभापति देउवाले आइजीपी नियुक्त गर्ने अधिकार सरकारको भएको बताए ।
देउवाले अदालतको नाम नलिई आईजीपी बनाउने अधिकार सरकारमा रहेको भन्दै यो विवाद चाँडै सरकारले टुङ्याउने समेत दावी गरे । देउवाले भनेः‘ आइजीपी बनाउने अधिकार क्षेत्र सरकारको हो । हेर्दै जाउँ, आईजीपी को हुन्छ ?’

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply