Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, चैत ।
विश्वकप २०१८ को छनौट अन्तर्गत शनिबार राति भएका खेलमा पोर्चुगल विजयी भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह‘बी’ मा रहेको पोर्चुगलले घरेलु मैदानमा भएको खेलमा हंगेरीलाई ३–० ले हराएको हो ।
पोर्चुगलको जितमा क्रिष्टियानो रोनाल्डोले दुई तथा एन्ड्रे सिल्भाले एक गोल गरे । ३२ औं मिनेटमा सिल्भाले गोल गर्दै पोर्चुगललाई सुरुवाति अग्रता दिलाए । त्यसको चार मिनेटपछि कप्तान रोनाल्डोले व्यक्तिगत पहिलो गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० को अग्रता लिएको पोर्चुगलका लागि ६५ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै ३–० को जित दिलाए । रोनाल्डो ३० यार्ड परबाट फ्रि किक मार्फत सुन्दर गोल गरेका हुन् ।
रोनाल्डोले युरोपियन क्षेत्रको छनौटको लगातार चौथो खेलमा गोल गरेका हुन् । पोर्चुगलले समूह‘बी’ पछिल्ला चार खेल जितेका छ र त्यसमा १७ गोल गरेको छ । गएको वर्ष भएको युरोपकको क्रममा हंगेरीसँगको खेलमा रोनाल्डोले दुई गोल नै गरेका थिए ।
उनको दुई गोलको सहयोगले पोर्चुगलले हंगेरीलाई ३–३ को बराबरीमा रोक्दै अन्तिम १६ मा स्थान बनाएको थियो । विश्वकप छनौट अन्तर्गत पनि रोनाल्डोले हंगेरी विरुद्ध दुई गोल नै गरे ।
जितपछि समूहको शीर्ष स्थानको स्वीट्जरल्याण्डको पाँच खेलबाट १५ तथा दोस्रो स्थानको पोर्चुगलको १२ अंक भएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply