Ticker

6/recent/ticker-posts

आफ्नै सांसदले असहयोग गरेपछि राष्ट्रपति ट्रम्पले विधेयक फिर्ता लिए

एजेन्सी, चैत ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदमा पेश गरेको स्वास्थ्य बिमासम्बन्धि विधेयक फिर्ता लिएका छन् ।
स्वास्थ्य बिमा सम्बन्धमा पूर्व राष्ट्रपति बराक ओबामाले ल्याउनुभएको ऐनको विपक्षमा रहनु भएका उनले त्यसको खारेजीका लागि नयाँ ऐन ल्याउन लागेका थिए ।
तर ट्रम्पको उक्त विधेयकमा उनकै पार्टी रिपब्लिकनका सांसदले असहयोग गर्ने देखिएपछि मतदानका लागि तयारी अवस्था रहेको विधेयक फिर्ता लिएका हुन् ।
४ सय ३५ सदस्यीय तल्लो सदनमा रिपब्लिकनको स्पष्ट बहुमत अर्थात् २ सय ३७ सीट रहेपनि आफ्नै सांसदले नसघाउने भएपछि विधेयक फिर्ता लिनुपरेको हो ।
विधेयक पारित गर्न २ सय १८ मत भए पुग्नेमा त्यति पनि पुर्‍याउन नसकेर विधेयक फिर्ता लिनुपर्दा राष्ट्रपति ट्रम्पलाई ठूलो धक्का लागेको छ ।

Post a Comment

0 Comments