Ticker

6/recent/ticker-posts

कम्युनिष्टहरु कहिल्यै राष्ट्रवादी हुन नसक्ने महामन्त्री कोइरालाको आरोप

कोपेनहेगन, फागुन ।
सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले भारतलाई गाली गर्दैमा र चीनसंग नजिक हुँदैमा राष्ट्रवादी नहुने टिप्पणी गरेका छन् । महामन्त्री कोइरालाले भारतलाई गाली गर्ने र चीनसँग टाँस्सिने कम्युनिष्टहरु कहिल्यै पनि राष्ट्रवादी हुन नसक्ने समेत आरोप लगाएका छन् । नेपाली जनसम्पर्क समिति डेनमार्कले कोपेनहेगनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कम्युनिष्टहरु कहिल्यै राष्ट्रवादी हुन नसक्ने समेत आरोप लगाएका छन् ।
उनले भनेः‘ कम्युनिष्टहरु कहिल्यै पनि राष्ट्रवादी हुनै सक्दैनन् । भारतलाई गाली गर्दैमा र चीनसँग टाँस्सिएर मात्र राष्ट्रवादी होइन्छ ?’
अचेल सामाजिक सञ्जाल गालीले नै रंगिएको भन्दै उनले नेपाली काँग्रेससँग आस्थावानहरु भने सच्चा राष्ट्रभक्त भएको दावी गरे । नेपालमा विदेशी हस्तक्षेप भएको स्विकार्दै कोईरालाले राजनीतिक अस्थिरताको फाईदा उठाउँदै यस्तो हुने गरेको बताए ।‘राजनीतिक अस्थिरता भएको बेलामा बिदेशी हस्तक्षेप हुने गरेको छ । त्यसैले भूकम्पले थला परेको बेला मुलुकले नाकाबन्दीको सामना गर्नुपर्‍यो ।’ कोइरालाले भने ।
पार्टीमा संबिधान संसोधनकोबारे छलफल नभएको भन्दै कोईरालाले पाँच नम्बर प्रदेशलाई तराई र पहाडबाट टुक्राउन नहुने बताए ।
उनले विकेन्द्रिकरणको अन्तिम रुप नै संघीयता रहेको भन्दै नब्बे प्रतिशत जनप्रतिनिधिको सहमतिमा बनाएको संबिधान उत्कृष्ट रहेको पनि दाबी गरे । संघीयता नयाँ बिषय भएकाले मुलुकमा लागू गर्न केही अप्ठारो हुने कोइरालाको भनाई छ । कार्यक्रममा काँग्रेस नेताहरु एनपी साउद, चन्द्र  भण्डारी र सुरेन्द्र  पाण्डेले पनि सम्बोधन गरेका थिए ।

Post a Comment

0 Comments