Ticker

6/recent/ticker-posts

एमालेले माग्यो सरकारसंग शान्तिसुरक्षा

काठमाडौ, फागुन ।
नेकपा एमालेले शनिवारबाट सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियानलाई मधेसी मोर्चाले असफल बनाउन आक्रमणको धम्की दिएको र सरकारले समेत अप्रत्यक्ष रुपमा विफल बनाउन खोजेको भन्दै एमालेले अभियानमा भरपर्दो शान्ति सुरक्षा प्रदान गर्न सरकारसंग माग गरेको छ।
मोर्चाका कार्यकर्ताहरुले सप्तरी, सिराहा जिल्ला लगायतका स्थानमा पार्टीले गरेको राष्ट्रिय अभियानलाई आक्रमणको धम्की दिनु र गृहमन्त्री बिमलेन्द्र निधिबाट एमालेलाई मेधशबाट लखेट्ने धम्की आउनु एमाले अभियानलाई अफिल बनाउने षड्यन्त्र भएको भन्दै एमालेको इटहरीमा बसेको आपत्तकालीन बैठकले शान्ति सुरक्षा माग गरेको हो।
एमालेको मेची–महाकाली अभियान असफल बनाउन सरकारकै तर्फबाट गृहमनत्रीबाट गै्रह जिम्मेवार अभिव्यक्ति दिनु र मधेसी मोर्चाले आक्रमणको धम्की दिनु दुबैको षड्यन्त्र भएको भन्दै अभियानलाई परापर्दो सुरक्षा प्रदान गर्न सरकारसंग माग गरिएको एमालेका बरिष्ठ नेता झलनाथ खनालले बताएका छन्।
स्थायी समिति बैठकमा पार्टीले थालेको अभियानको समिक्षा र विभिन्न जिल्लामा एमाले विरुद्ध आक्रमण गर्ने धम्कीको विषयमा बैठक केन्द्रित रहेको पनि नेता खनालले बताए। बैठकमा अधिकांस नेताहरुले आफु संयमित भएर अभियानलाई सफल बनाउन सरकारसंग सुरक्षा व्यबस्था माग गर्ने निर्णय गरिएको हो ।
एमालेले सरकारसंग शान्ति सुरक्षा माग गरेपछी सरकारको दायीत्व शान्ति सुरक्षाको व्यबस्था मिलाउने भएकाले अभियाना अराजक तत्वहरुबाट अबरोध सिर्जना गरी कुनै अप्रिय घटना घटे त्यस्को सम्पूर्ण जिम्मेवार सरकारले लिनु पर्ने एमालेले चेतावनी दिएको छ ।

Post a Comment

0 Comments