Ticker

6/recent/ticker-posts

नेपालका लागि नयाँ भारतीय राजदूत सिंह काठमाडौंमा.....

काठमाडौ, चैत ।
नेपालका लागि नवनियुक्त भारतीय राजदुत मन्जिव सिंह शनिबार विहान काठमाडौं आइपुगेका छन् । शनिवार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएका राजदूत सिंहले सोमबारबाट कार्यभार सम्हाल्ने भारतीय दूतावासले जानकारी दिएको छ ।
सोमबार नै राजदूत सिंहले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम छ ।राजदूत सिंह भारतीय कुटनैतिक सेवामा अनुभवी र परिपक्व मानिन्छन् ।
निवर्तमान राजदूत रणजित रे कार्यकाल पूरा गरी दिल्ली फर्किएको करिब ३ सातापछि सिंह काठमाडौं आएका हुन् ।

Post a Comment

0 Comments