Ticker

6/recent/ticker-posts

लण्डनमा आतंककारी आक्रमण, पाँच जनाको मृत्यु,थुप्रै घाइते

लण्डन, चैत ।
बेलायतको राजधानी लण्डनमा आतंककारी आक्रमण भएको छ । वेष्टमिनिस्टरमा रहेको संसद भवन नजिक भएको आक्रमणमापरि प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको छ । ज्यान जानेमा एक महिलासहित तीन जना सर्वसाधारण छन् ।
यस्तै प्रहरीको गोली लागेर आक्रमणकारीको पनि ज्यान गएको स्थानीय सरकारी अधिकारील्े जनाएका छन् । घटनामा कम्तिमा ४० जना घाइते भएका छन् । कारमा आएका आक्रमणकारीले वेष्टमिनिस्टर ब्रिजमा पैदलयात्रीलाई ठक्कर दिएको र त्यसपछि संसद भवन नजिक गएर त्यहाँ रहेका प्रहरी अधिकारीलाई चक्कले आक्रमण गरेको सरकारी अधिकारीले बताएका छन् ।
त्यसपछि प्रहरीले आक्रमणकारीलाई गोली प्रहार गरेका थिए । घाइते हुनेमा तीन जना प्रहरी अधिकारी पनि रहेको र दुई जनाको अवस्था गम्भीर रहेको लण्डन महानगरीय प्रहरीका कार्यवाहक उपायुक्त मार्क रोलीले बताए ।
आक्रमणकारीको परिचय अहिलेसम्म खुलाइएको छैन । प्रधानमन्त्री थेरेसा मेले आक्रमणको निन्दा गर्नुभएको छ । राजधानीको मुख्य भागमा गरिएको आक्रमण बेलायती मान्यतालाई टुक्र्याउने उद्देश्यले भएको र आफूहरु त्यसलाई कहिल्यै सफल हुन नदिने प्रधानमन्त्री मेले बताए ।

Post a Comment

0 Comments