Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,चैत ।
लामो समयपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि बस्दैछ । सानेपास्थित पार्टी कार्यलयमा बस्ने बैठकमा सभापति शेरबहादुर देउवाले कार्यसम्पदान समिति गठनको प्रस्ताव पेस गर्ने सानेपा स्रोतले जनाएको छ ।
सभापति देउवाले कार्यसम्पादन समितिमा केन्द्रीय सदस्यलाई मनोनीत गर्ने छन् । कांग्रेस विधानअनुसार पार्टी सभापतिले कार्यसम्पादन समितिका सदस्यहरुको नाम केन्द्रीय कार्यसमितिमा पेस गरेर अनुमोदन गर्नुपर्नेछ ।
यससँगै स्थानीय निर्वाचनका विषयमा बैठक केन्द्रीय  हुने कांग्रेसले जनाएको छ । बैठकमा स्थानीय निकायको निर्वाचनका लागि घोषणापत्र निर्माण समिति, निर्वाचन परिचालन समिति र प्रचार प्रसार समिति गठन हुनेछ । गाउँपालिका र नगरपालिकाको नयाँ संरचनाअनुसार पार्टीको संरचना निर्माण गर्नेलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
बैठकले पार्टीको विभाग सङ्ख्याबारे पनि टुङ्गो लगाउने सचिवालयले जनाएको छ । पार्टी सभापतिले नियुक्त गर्ने उपसभापति,महामन्त्री, सहमहामन्त्री तोकिने विषय कार्यसूचीमा परेको छैन् ।
गत चैत १० गते नै बस्ने भनिएको बैठक आइतबारसम्मका लागि स्थगित भएको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply