Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, चैत ।
नेपाल वायुसेवा निगम र अमेरिकन कम्पनी एएआरबीच दुईवटा वाइडबडीको खरिद सम्झौता भएको छ । पहिलो विमान सन् २०१८ को अप्रिलसम्म आइसक्ने गरी सम्झौता भएको हो । काठमाडौंमा शुक्रबार गरिएको सम्झौताअनुसार दोस्रो विमान सन् २०१८ को मेसम्ममा आइपुग्ने वायुसेवा निगमका महाप्रवन्धक सुगतररत्न कंशाकाकरले जानकारी दिए ।
शुक्रबार भएको सम्झौतामा महाप्रबन्धक कंसकार र एएआरका प्रमुख दिपक शर्माले हस्ताक्षर गरेका छन् । अमेरिकन कम्पनी एएआर कर्पोरेशनले नेतृत्व गरेको कन्सोर्टियम र नेपाल वायुसेवा निगमबीच शुक्रबार सम्झौता भएको हो । दुबै विमान २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर २१ अर्ब ९० करोड रूपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको कंशाकारले जानकारी दिए । यो नेपालको उड्ययन इतिहासमा नै यति ठूलो रकम खर्चेर एकैपटक  विमान खरिद गरेको यो पहिलोपटक हो ।
गत माघ १४ गते निगम र एएआरबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । निगमले फागुन ४ गते दुईथान वाइडबडी जहाज खरिद गर्न एएआरलाई बैनास्वरूप १० लाख अमेरिकी डलर पनि पठाइसकेको छ । बैना पाएपछि नै एएआरले निगमलाई खरिद सम्झौताको मस्यौदा पठाएको थियो । एएआर कर्पोरेसनले प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले दुईवटा वाइडबडी जहाज बिक्री गर्ने प्रस्तावलाई निगम सञ्चालक समितिले गत माघ २ गते अनुमोदन गरेको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply