Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं,  चैत । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले स्थानीय निकायको चुनावलाई लक्षित गरी चुनावी घोषणा पत्र निर्माणको कामलाई तीव्रता दिएको छ । घोषणा पत्र निर्माणको काम अन्तिम चरणमा पुगेको र घोषणापत्रमा समेट्नुपर्ने मुख्य विषयको खाका शुक्रबारसम्ममा तयार हुने कांग्रेसका पार्टी सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

महेश आचार्यको संयोजकत्वमा बनेको समितिले विभिन्न पेशागत संगठनसँग सुझाव लिनुका साथै घोषणापत्रमा समेट्ने विषयको मोटामोटी खाका शुक्रबारसम्म तयार पार्न लागेको हो । त्यसपछि खाकामा विशेषज्ञ र नेताहरुले छलफल गरि टुंगो लगाउनेछन् । लोकतन्त्र र समाजवादको जगमा जनजीविका र सामाजिक पक्षलाई पनि जोडेर घोषणापत्र बनाइने उहाँले बताउनुभयो ।

कांग्रेसले सबै गाउँपालिकामा एक एक प्राविधिक शिक्षालय र विद्यालय आवासीय, दुई तीन वटा गाउँपालिकाको बिचमा एउटा अस्पताल, सबै नागरिकलाई खानपानीको पहुँच, बृद्धभत्ता लगायत सामाजिक सुरक्षाको रकम बढाउने जस्ता विषयलाई घोषणापत्रमा समेट्नेबारेमा छलफल भइरहेको सचिव पराजुलीले जानकारी दिनुभयो ।

यसैबिच कांग्रेसले बिहीबार प्रदेश नम्बर २ का सांसद, पार्टीका केन्द्रिय सदस्य र जिल्ला सभापतिको भेला गर्दैछ । दिउँसो २ बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने भेलाले २ नम्बर प्रदेशको जनकपुरमा आमसभाको मिति तय गर्नेछ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply