Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बलराम प्यासी 
भक्तपुर,  बैशाख । मध्यपुर ठिमी नगरपालिकाद्धारा मेचडाँडा ठिमीमा सञ्चालित कोरिया नेपाल मैत्री अस्पताललाई आगामी आर्थिक वर्षदेखि नेपालका ७४४ वटा स्थानीय निकायका कर्मचारीको उपचारको लागि एकमात्र केन्द्रीय अस्पतालको रुपमा विकास गरिने पहल भइराखेको छ । 

सरकारको सामान्य प्रशासन मन्त्रालयले मुलुकभरका कर्मचारीका लागि काठमाण्डौको मिनभवनमा निजामति कर्मचारी अस्पताल स्थापना गरेजस्तै स्थानीय विकास मन्त्रालय मातहतको मध्यपुर ठिमी नगरपालिकाद्धारा सञ्चालित कोरिया नेपाल मैत्री अस्पताललाई मुलुकका ७४४ स्थानीय निकायका कर्मचारीको उपचारको लागि एकमात्र केन्द्रीय अस्पतालको रुपमा विकास गर्न लागिएको होे । 

अस्पतालको आठौं वार्षिकोत्सवका अवसरमा अस्पतालका कार्यकारी निर्देशक एवम् वरिष्ठ छारेरोग विशेषज्ञ डा.दिपेन्द्रकुमार रौशनले सो कुराको जानकारी गराउँदै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको एकमात्र केन्द्रीय अस्पतालको रुपमा विकासका लागि मन्त्रालयसंग पटकपटक प्राविधिक र बजेट विनियोजनबारे छलफल गरिएको बताउनुभयो । 

कार्यकारी निर्देशक डा.रौशनका अनुसार सम्वन्धित मन्त्रालयबाट आगामी आर्थिक वर्षमा वजेट विनियोजन हुने वित्तिक्कै आफुहरु सो अस्पतालमा थप उपचार सेवा विस्तार सहित नयाँ मोडेलमा जाने तयारीमा रहेको छ । 

कार्यकारी निर्देशक डा.रौशन, प्रशासन प्रमुख कैलाशप्रसाद देव, पत्रकार बलराम प्यासी तथा ठिमीका स्थानीय मध्यपुर ठिमीका स्थानीय सहयोगी विष्णुप्रसाद बस्याल सहितको टोली सो कार्यको लागि विगत ६ महिनादेखि सक्रियतापुर्वक लागिपरेको छ । 

यसका साथै सो अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्दै केन्द्रीय स्तरको छारेरोग रिफरल अस्पतालको रुपमा पनि विकास गरिने उल्लेख गर्दे कार्यकारी निर्देशक डा.रौशनले गत एकवर्षको अवधिमा सो अस्पतालमा ७९१ जना छारेरोगका विरामीको उपचार गरिएको बताउनुभयो । 

अस्पतालको आठौं वार्षिकोत्सवको अवसरमा प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेलले अस्पतालमा १० वर्षदेखि १५ वर्षसम्म काम गरेका चिकित्सक, प्राविधिक तथा कर्मचारीहरुलाई दीर्घसेवा पदक र प्रशंसापत्र वितरण गर्नुभयो । यसरी दीर्घसेवा पदक पाउने चिकित्सकहरुमा अस्पतालका कार्यकारी निर्देशक तथा वरिष्ठ छारेरोग विशेषज्ञ डा.दिपेन्द्रकुमार रौशन, वरिष्ठ पेटरोग विशेषज्ञ जितेन्द्रकाजी श्रेष्ठ, सुपरभाईजर बच्चुराम थापा, ल्याव असिस्टेण्ट सजना श्रेष्ठ, सिनियर सिएमएद्धय राजाराम वाग्ले र राजु क्षेत्री , कार्यालय सहयोगी सानुभाई खत्री र चालक कृष्णचन्द्र वाग श्रेष्ठ छन । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पोखरेल, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम मध्यपुरठिमी नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीलगायतले अस्पतालले स्थानीय सर्वसाधारणका लागि दिएको उपचार सेवाको खुलेर प्रशंसा गरेका थिए । सो अवसरमा मध्यपुर ठिमी नगरपालिकाका कानुन अधकृत केशव सिलवाल, कोरियाको रोज क्लवका प्रतिनिध तथा कोरया अन्तराष्ट्रिय सहयोग नियोग (कोइका)का प्रतिनिधि डा.किमको पनि उपस्थिति थियो । 

स्थानीय राजनैतिक हस्तक्षेपबाट माथि उठेर कोरिया नेपाल मैत्री अस्पतालले हाल सर्वसाधारणका लागि दिएको उपचार सेवाको साथै स्थानीय नगरवासीका लागि केहीवर्ष अघिदेखि शुरु गरिएको स्वास्थ्य विमा कार्यक्रम यतिखेर नमुना र चर्चाको विषय बनेको छ ।  

समुदायमा आधारित कोरिया नेपाल मैत्री अस्पतालले हाल निकै सरल शुल्कमा छारेरोग, जनरल, ओपिडी, स्त्री तथा प्रसुती, हाडजोर्नी, छाती, मुटु, कलेजो, पेट, मधुमेह, छालारोग आँख,नाक कान,घाँटी, फिजियोथेरापी, साना ठुला शल्यक्रिया, दन्त उपचार, परिवार नियोजन, खोप, स्वास्थ्य शिक्षा, क्षयरोग, इको, इसिजी, टिएमटि, इण्डोस्कोपी, सर्जिकल आइसियु लगायतका सम्पूर्ण उपचार सेवा दिँदै आएको छ । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply