Ticker

6/recent/ticker-posts

निर्वाचन तोकिएकै मितिमा हुन्छः नेता सिंह

काठमाडौं, बैशाख– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आन्दोलनरत मधेसी मोर्चाले स्थानीय निकायको निर्वाचनमा भाग लिने बताएका छन् । मिरमिरे युवा समाजले राजधानीको सिनामंगलमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले चुनावका विषयमा मधेसी मोर्चा सकारात्मक भएको बताएका हुन् । 

पटक पटकको वार्तामा मधेसी मोर्चाका नेताहरुले आफ्ना मागहरु पूरा नभएसम्म निर्वाचनमा भाग नलिने चेतावनी दिँदै आएको भए पनि पछिल्लो पटकको वार्तामा भने मोर्चाले लचकता देखाएको हुँदा चुनाव तोकिएकै मितिमा सम्भव हुने वातावरण बन्दै गएको बताए । 

मोर्चाका जायज माग सम्बोधन गर्न सरकारले तदारुकता देखाएसँगै मोर्चाले पनि लचकता देखाएको उनले दाबी गरे । मोर्चाले निर्वाचनमा भाग लिने आशय देखाएसँगै लामो समयदेखिको राजनीतिक गतिरोध अन्त्य हुनेमा आफू ढुक्क रहेको बताए ।  

संविधान कार्यान्वयन र तीन तहको निर्वाचन मुलुकका लागि महत्त्वपूर्ण रहेको भन्दै सबै दलहरुले चुनावको वातावरण बनाउनुपर्ने धारणा राखे । दलहरुका आ–आफ्नै अडान हुँदा हुँदै पनि महत्वपूर्ण निर्णय गर्दा दलहरुले देखाएको सहमति, सहकार्य र एकताको भाव कहिल्यै विर्सन नहुने भन्दै उनले अहिले पनि सहमति, सहकार्य र एकताको आवश्यकता रहेको औल्याए । 

Post a Comment

0 Comments