Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं,  चैत । निर्वाचन आयोगले अरु जिल्लाको काम सकिएपछि मात्रै २ नम्बर प्रदेशको लागि तयारी सुरु गर्ने भएको छ ।  मतदानस्थल निर्धारण भएका जिल्लाको मतदाता नामावली र परिचयपत्र छपाईको काम भैरहेकाले २ नम्बर प्रदेशको काम पछि मात्रै सुरु हुने आयोगले जनाएको छ ।

२ नम्बर प्रदेशका ६ जिल्लामा मतदान केन्द्र टुंगो लाग्न नसक्दा आयोगले ती जिल्लाका लागि मतदाता परिचयपत्र र नामावली छाप्ने काम थाल्न सकेको छैन । अरु जिल्लाका काम धमाधम भैरहेकाले २ नम्बर प्रदेशको काम पछि गर्दा पनि भ्याइने आयोग स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सकेसम्म यो महिनाभर दुई नम्बर प्रदेशको काम पनि सुरु हुनेछ । वैशाख ३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय खोल्ने र वैशाखको पहिलो हप्तादेखि मतदाता शिक्षा कार्यक्रम सुरु गर्ने तालिका भएकाले त्यो बेलासम्म २ नम्बर प्रदेशको काम पनि सक्ने आयोगको तयारी हो । २ नम्बर प्रदेशका सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा सरकारले मतदान केन्द्र टुंगो लगाउन नसकेपछि आयोग आफैले प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिएर केन्द्र टुंगो लगाउने योजना बनाएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply