Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

आफ्नो नाता भनीकन हरे स्वाङ पार्छन् झुकेर ।
छ्क्का पन्जा रिति सरि भयो झेल गर्छन् लुकेर ।।
धम्की ,घुर्की छ्ल कपट नै भोट तान्ने छ खेल ।
पैसा छर्ने छ समय भनी पोख्छ नै बग्छ भेल ।।१।।

हेर्दा बन्छन् नि अति रसिला घोषणपत्र सारा ।
लागू हुन्नन् विकल सबको बग्दछ्न् आँसु धारा ।।
बाँड्दै हिँड्छ्न् बहुत सपना ठाँउ सारा डुलेर ।
जस्ले पाए पनि सफलता फर्किदैनन् भुलेर ।।२।।

राम्रो गर्ने सकल जनको ब्यक्ति नै चुन्नु पर्छ ।
गल्ती गर्ने विगत दिनका ब्यक्ति लौ थुन्नु पर्छ ।।
हेर्दै सारा विवरण सखे छान्नु राम्रै चिनेरै ।
लग्लान् कैले दलबल गरि जिन्दगानी किनेरै ।।३।।

पैसा खाँदै दलबल भनी आत्तिदै छान्नु हुन्न ।
जे जे भन्छ्न् रगत पसिना सम्झदै मान्नु हुन्न ।।
बेला आयो सकल जनको छान्नु सोची विचारी ।
छान्ने मौका हर पल बुझे मिल्छ कहाँ गुहारी ।।४।।

पैसा होस् या वचन तिनको लोभमै पर्नु हुन्न ।
मान्छे हौ पो छ्ल त बुझ है जन्तु झैं गर्नु हुन्न ।।
बुझ्ने सारा समय यहि हो भोट हो जिन्दगानी ।
खेरै जाला बुझ समयमै पाँच वर्षे लगानी ।।५।।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply