Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, बैशाख ।
संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा चुनावमा सहभागि हुन सकारात्मक भएको छ । मोर्चाले संविधान संशोधन विधेयक परिमार्जन भए स्वीकार गर्ने र चुनावमा जाने संकेत दिएको हो । मधेसी मोर्चामा आवद्ध ६ दलले एकता गरेर राष्ट्रिय जनता पार्टी गठन गरेको भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहालले वार्तामा बोलाएका थिए ।
कांग्रेस शीर्ष नेताहरुसहितको बैठकको सुरुमा प्रधानमन्त्री दाहालले मोर्चाका नेताहरुसामू संशोधन र स्थानीय चुनावबारे तपाईहरुको धारणा के हो भनेर प्रश्न गरेका थिए । राष्ट्रिय जनता पार्टीका नेताहरुले संविधानका तीन बुँदामा संशोधन भए स्वीकार्य हुने बताएका छन् । मधेसी मोर्चाका नेता एवं जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले भनेः‘ धारा ७, २७४ र आयोग गठनमा हामीलाई चित्त बुझेको छैन । यसलाई परिर्माजन गरी जनताले केही पाउँछन् भन्ने सुनिश्चित हुन्छ भने कुरा मिल्छ ।’
बैठकपछि माओवादी नेता वर्षमान पुन अनन्तले बालुवाटार बैठक सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । पुनले भनेः‘संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउने, मोर्चा निर्वाचनमा आउने र त्यसका लागि सरकारले यी दुबै कामलाई सँगसँगै अघि बढाउने प्रस्ताव राखिएको छ । र, त्यसमा मोर्चा सकारात्मक देखिएको छ ।’

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply