Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

कञ्चनपुर,चैत ।
कञ्चनपुर जिल्लाको भारतीय सिमाना नजिक रहेको आनन्दबजारमा सशस्त्रप्रहरीको अस्थाई क्याम्प स्थापना गरिएको छ । यो संगै आनन्दबजार र आसपासका नेपालीहरुमा केही हदसम्म भएपनि भारतीय सिमा सुरक्षा बलको त्रास कम भएको छ ।  गत फागुन २६ गते सीमा बिवादका क्रममा भारतीय एसएसवीले नेपालीमाथि गोली प्रहार गरी हत्या गरेपछि सीमा सुरक्षा कार्यालय कञ्चनपुरले पुनर्वास नगरपालिकाको आनन्दबजारमा इन्स्पेक्टरको कामाण्डमा सशस्त्र प्रहरीको अस्थाई क्याम्प स्थापना गरेको हो ।
सीमा नजिकै रहेको स्थानीय श्याम गुरुङ्गको घरमा सशस्त्र प्रहरी निरीक्षक राम बहादुर खत्रीको कमाण्डमा ३१ जना सशस्त्र प्रहरी परिचालन गरिएको सीमा सुरक्षा कार्यालय कञ्चनपुरका प्रमुख एसपी इन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनले स्थानीयको माग भए बमोजिम भारतीयले तोडफोड गरेको श्याम खत्रीको घरलाई मर्मत गरेर अस्थाई प्रहरी पोष्ट बनाएर, क्याम्प स्थापना गरिएको बताए । सीमा विवादमा भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली प्रहार गरी गोविन्द गौतमको हत्या गरेपछि स्थानीयले सशस्त्रको क्याम्प राख्न माग गरेका थिए ।
दुवै मुलुकका सुरक्षाकर्मीले सीमामा आवतजावत रोक लगाएपछि आनन्दबजारसँगै सीमा जोडिएको भारतीय बजार बसही सुनसान बनेको छ । स्थानीय बासिन्दाले नेपाल भारतको सीमा विवाद छिट्टै टुँग्याउनुपर्ने भन्दै सदियौंदेखिको भाइचाराको सम्बन्ध पुरानै अवस्थामा ल्याउन दुवै तर्फका व्यापारी, बुद्धिजिवीहरु बसेर छलफल गर्नुपर्ने सुझाव दिए । कञ्चनपुरको आनन्द बजार भएर भारतीय बजार बसही जान–आउन पूर्ण रोक लगाइएको अस्थाई प्रहरी पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक राम बहादुर खत्रीले जानकारी दिए ।
उता पिलिभित ४९ बटालियन अन्तर्गतको बसहीमा रहेको भारतीय सशस्त्र प्रहरी बलका प्रमुख कमाण्डेट दिलबाग सिंहले पनि नेपालतर्फबाट र भारततर्फबाट बसही नाका भएर आवतजावत पूर्णतया बन्द गरिएको बताए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply