Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, बैशाख । सुदूरपश्चिमका लोकप्रिय गायक तथा लोकदोहोरीमा सर्वाधिक रुचाइएका म्युजिक एरेन्जर विनोद बाजुरालीको नयाँ देउडा गीतको भिडियो सार्वजनिक भएको छ ।

 म्युजिक भिडियोमा मोडल शंकर विसी र पार्वती राई राजारानी अवतारमा देखिएका छन् ।
बाजुरालीको ‘घर त मेरो प्रदेश नं ७’ नामक गीतको म्युजिक भिडियोमा सुदूरपश्चिमको संस्कृतिलाई उतारिएका छ ।  देउडाका साथै हुड्केली, भुओचाली जस्ता सुदूरपश्चिममा नाँच यो म्युजिक भिडियोमा देख्न पाइने निर्देशक समेत रहेका शंकर विसीले बताए ।

यसअघि डिबी खड्का शब्द सिर्जना र बाजुराली र विष्णु माझीले स्वर भरेको ‘फोन ग¥याइ १० बज्या राति’ चर्चित भएको थियो । यसपल्ट पनि स्वरमा बाजुराली र माझीले नै सहकार्य गरेका छन् भने मोडेल बिसी र राईका साथै छायाँकार राजेश घिमिरे दोहोरिएका छन् । नयाँ वर्षका उपलक्ष्यमा सार्वजनिक भएको भिडियोले दर्शकको मन जित्ने अपेक्षा बाजुरालीले गरेका छन् ।

यस्ताे छ भिडियाे....

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply