Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाण्डौ, १४ बैशाख । सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरे लगत्तै मुलुकभर निर्वाचनको माहौल तातेको समयमा नयाँबानेश्वरस्थित काव्य स्कुलका विद्यार्थीहरुवीच बुधबार विद्यालय हातामा नमुना निर्वाचन आयोजना गरिएको छ । 
विद्यालयको कक्षा ५ देखि १० सम्मका २९६ जना विद्यार्थी मतदाता रहेको सो निर्वाचनमा स्थानीय निकायको निर्वाचनको मोडलमा विद्यालयको चालु शैक्षिक सत्रको लागि स्कुल क्याप्टेन, भाइस क्याप्टेन तथा विभिन्न ४ वटा हाउसको क्याप्टेन र भाइसक्याप्टेन छानिएको हो । निर्वाचनका लागि विद्यालय परिसरमा मतपेटीका, मतदानको लागि स्वस्तिक चिन्ह, मतदाता नामावली, सुरक्षा व्यवस्था, स्वदेशी र विदेशी पर्यवेक्षक सबैको व्यवस्था मिलाइएको थियो । 

‘हामीले यो निर्वाचनलाई काव्य नगरपालिकाको मेयर, उपमेयर र ४ वटा वडाको वडाध्यक्षको निर्वाचन जस्तो गरि सन्देशमूलक नमुना निर्वाचन गरेका हौं’—काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले भन्नुभयो । 
आगामी बैशाख ३१ र जेठ ३१ गरि दुई चरणमा हुन लागेको स्थानीय निकायको निर्वाचनको प्रकृया, उम्मेदवारको छनौट, मतदान गर्ने तरीका, मतगणनाको व्यवस्था सबै कार्यलाई व्यवहारमा विद्यार्थीलाई सिकाउन विद्यालयले नमुना निर्वाचन गरेको हो । निर्वाचनको संयोजन विद्यालयको सेकेण्डरी इन्चार्ज चिरन्जीवी दवाडीले गर्नुभएको थियो । 

मतदाता नामावलीमा नाम भएका २९६ जना मतदाताले स्कुल क्याप्टेन, भाइस क्याप्टेन र सुलोचना, शाकुन्तल, बनकुसुम र प्रमिथस हाउसको हाउस क्याप्टेनको लागि मत खसालेका थिए । खसेको मतमध्ये २० मत वदर भएको थियो । 

क्याप्टेनमा दुईजना पुरुष उम्मेदवार (सलोन राजभण्डारी र शुभम भट्टराई) प्रतिष्पर्धामा थिए भने भाइस क्याप्टेन मोनिका गुरुङ्गको मात्रै उम्मेदवारी परेकोले उनी निर्विरोध भाइसक्याप्टेनमा निर्वाचित भइन् । सलोन राजभण्डारी २४५ मत ल्याएर स्कुल क्याप्टेनमा विजयी भए ।
यसैगरी वनकुसुम हाउसको क्याप्टेनमा प्रतीक वैद्य निर्विरोध निर्वाचित भए भने भाइस क्याप्टेनमा निहारिका रेग्मी, सुलोचना हाउसको क्याप्टेनमा श्रीजन जोशी तथा भाइस क्याप्टेनमा ममता कँडेल, शाकुन्तल हाउसको क्याप्टेनमा अनुकरण तामाङ्ग तथा भाइस क्याप्टेनमा तुल्सी जैशी र प्रमिथस हाउसको क्याप्टेनमा आशुतोष ज्ञवाली तथा भाइस क्याप्टेनमा स्नेहा कार्की निर्वाचित भएका छन् । 

विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा, निर्देशकहरु धर्मेन्द्रप्रकाश राजभण्डारी, रिजन खड्का, दिलीप थापा, प्रेमराज अर्याल र सुनिल घर्तीको उपस्थितिमा भएको सो नमुना निर्वाचनमा युरोपियन युनियनका प्रतिनिधि पर्यवेक्षकको रुपमा शिक्षक विनोद थपलिया, संयुक्त राष्ट्रसंघको पर्यवेक्षकको रुपमा सविना श्रेष्ठ तथा पर्यवेक्षकको रुपमा शिक्षक ठमनाथ लम्साल सहभागी हुनुहुन्थ्यो । निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत शिक्षक गणेश दहाल, निर्वाचन अधिकृत सजना दहाल तथा मतदान अधिकृतको रुपमा शिक्षक अर्जुन थापामगरलाई तोकिएको थियो ।

सुरक्षा निकायको तर्फबाट महानगरीय प्रहरी प्रभाग बुद्धनगरका प्रहरी नायव निरीक्षक पुरुषोत्तम महत तथा स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधिको रुपमा थर्ड आइ युथ क्लवका अध्यक्ष सुरेश थापामगरको सहभागिता थियो । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply