Ticker

6/recent/ticker-posts

रामचन्द्र पौडेलले किन गरे निधिलाई समर्थन.....?

काठमाडौ, चैत ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल वरियता विवादमा विमलेन्द्र निधिको पक्षमा उभिएका छन् । स्थानीय चुनावको घोषणापत्रबारे सुझाव लिन बोलाइएको केन्द्रीय कार्यसमिति र सांसदहरुको बैठकमा पौडेलले सरकारलेमा कांग्रेसले दोस्रो वरियता पाउनु पर्ने जिकिर गरेका छन् ।
बैठकमा नेता पौडेलले भनेः‘ सबैभन्दा ठूलो दल कांग्रेसले दोस्रो वरियता पाउनुपर्छ,दोस्रो वरियताको उपप्रधानमन्त्री निधि हुनुपर्छ ।’ यसबारे धेरै नेताले भने बोलेनन् । वर्तमान सरकारमा निधि र उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाबीच वरियता विवाद चलिरहेको छ ।
सरकारमा पार्टीको नेतृत्व गरेका निधिले दोस्रो वरियता नपाए राजीनामा दिने चेतावनी दिएका छन् ।

Post a Comment

0 Comments