Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, बैशाख । १३ वर्षदेखि निर्माणको कुरा चलेपनि निर्माण हुन नसकेको काठमाडौंको बाहिरी चक्रपथको निर्माण कार्य अब भने सम्भव हुने देखिएको छ । चक्रपथ निर्माणका लागि देखिएका सबै बाधा अड्चन र कठिनाईलाई चिर्दै सहरी विकास मन्त्रालयले निर्माण प्रक्रियालाई पूर्ण रुप दिने तत्परता देखाएसँगै बाहिरी चक्रपथ निर्माणको आशा पलाएको हो ।

सहरी विकास मन्त्रालयले काठमाडौँ उपत्यकालाई जोडदै व्यवस्थित सहरीकरण गर्ने वृहत् लक्ष्य राखेर बाहिरी चक्रपथ निर्माणको थालनीलाई अन्तिम रुप दिइसकेको छ । कुल लम्बाई ७१।९३ कि।मि। हुने यस चक्रपथको निर्माणका लागि सहरी विकास मन्त्री अर्जुननरसिंह के।सी।ले सम्पूर्ण वाधाहरु हटिसकेको र अब निर्माण प्रक्रियाले द्रूत गति लिने बताउनुभएको हो ।

मन्त्रालयमा ओयोजित बाहिरि चक्रपथ सम्बन्धि योजनाको बैठकले मन्त्री केसीले कुनैपनि वहानामा बिलम्व नगरि राष्ट्रिय महत्त्वका साथ अघि बढाउन सम्पुर्ण कर्मचारीहरु निर्देशन दिनुहुँदै १३ बर्ष देखि रोकिएको काम अब कुनैपनि बहानामा नरोकिने  प्रतिवद्धता व्यक्त गर्नुभयो । 

बैठकमा शहरि बिकास मन्त्रालयका सचिव, उर्जा सचिव, सुचना तथा संचार मन्त्रालयका सचिव, सचिव भुमिसुधार, सहसचिव अर्थमन्त्रालय, काठमाडौं उपत्यका प्राधिकरणका प्रमुख, काठमाडौं, ललितपुर, भक्तपुरका जिविसका प्रमुखहरु, काठमाडौं महानगरपालिका प्रमुख, ठिमी नगरपालिका का प्रमुख,लगायतकाे उपस्थिति रहेकाकाे थियाे । 

आउँदो आर्थिक वर्षदेखि यो चक्रपथ निर्माणको प्रथम चरणका रुपमा चोभार, गाम्चा र सतुङ्गल खण्डको ६.६ किलोमिटरमा निर्माण शुरु हुनेछ । प्रथम चरणको निर्माण खण्डमा पर्ने उक्त स्थानमा करिब ८ हजार रोपनी क्षेत्रफल र करिब १४ हजार जग्गाधनि रहेका छन् । चक्रपथको कुल लम्बाईमध्ये काठमाडौँमा ३५.०८ किलोमिटर, ललितपुरमा १५.८० कि.मि. र भक्तपुरमा २१.०५ कि.मि. हुनेछ । 

नौ महिनाअघि सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि उहाँले कर्मचारी संयन्त्रलाई दिनुभएको २५ बुँदे निर्देशन र प्राथमिकतामा परेको यो चक्रपथ निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पनि परिमार्जनसहित तयार भइसकेको छ । नेपालमा सहरीकरण र गाउँबाट सहरमा बसाईँ आउने जनताको ओइरोलाई राम्ररी बुझेका मन्त्री के.सी.ले, “व्यवस्थित सहरीकरण र सुन्दर राजधानी उपत्यकाको निर्माणको लागि जरुरी रहेको बाहिरी चक्रपथ निर्माण प्रक्रियालाई गति दिएको” बताउनु भयो । 

संघीय राजधानीको रुप लिन थालेको काठमाडौँ उपत्यकाका तीनवटै पुराना सहर र अन्य नवघोषित नगरपालिकाहरूलाई एउटै सडक सन्जालको माध्यमबाट आपसमा जोडेर व्यवस्थित सहरीकरण गर्ने दीर्घकालीन सोचअनुरुप तयार भएको यो चक्रपथ आयोजना, जग्गा विकास (ल्यान्ड पुलिङ्) प्रविधि र प्रक्रिया अपनाएर निर्माण गर्न लागिएको नेपालकै पहिलो सडक हुनेछ । 

बाहिरी चक्रपथको ५० मिटर अधिकारक्षेत्र सहितको मूल सडकको सम्पूर्ण निर्माण खर्च नेपाल सरकारबाट ब्यहोरिने भएको छ भने ५०० मिटर चौडा क्षेत्रमध्ये मूल सडक बाहेकका क्षेत्रमा जग्गा एकीकरण (ल्यान्ड पुलिङ्) आयोजनाद्वारा व्यवस्थित सहरीकरण गरिने सो मन्त्रालयले जनाएकाे छ । 

काठमाडौँको त्रिभुवन राजपथ–बलम्बुलाई शून्य किलोमिटर मानेर शुरु हुने यो चक्रपथको निर्माण पूरा भएपछि नैकाप भञ्ज्याङ, थापागाउँ आसपास, स्युचाटार, सीतापाईला, बाहिरी स्वयम्भु, वनस्थली, बालाजु औद्योगिक क्षेत्रको छेउ तथा बाईपास, गोँगबुँ, हिलेडोल, मनमैँजु, बालुवाटारको छेउ, टोखा–सरस्वती क्षेत्र, चपली, चुनीखेल, टुसालगाउँ, गोकर्णेश्वर, बामथली, नयाँपाटी हुँदै जानेछ । 

सीतापाइलाबाट हलचोक, गैह्रीगाउँ (इचङ्गुनारायण बाहिर), दौडिनेपानी, नेपालटार, फुटुङ्लाई चिर्दै १३ कि.मि. क्षेत्रको टोखा–सरस्वतीक्षेत्रमा मिलाउने गरी विचाराधीन अतिरिक्त सडक बनाएमा चक्रपथको लम्बाई थप १५ कि.मि. बढेर ८६ किलोमिटरभन्दा बढी हुने पक्ष विचाराधीन छ । भक्तपुर क्षेत्रमा थली–डाँछी, चाँगुनारायण क्षेत्र, फुयाँलगाउँ, दुवाकोट, रोकागाउँ, हनुमानटार, लुकुण्डोल, पकाउने पाटी, खरीपाटी, सुडाल, यङ्डोल, जगाती (इँटा टायल कारखानाको छेउ), भक्तपुर नगरपालिका, हनुमन्ते खोलाको छेउ, अरनिको राजमार्ग, सृजनानगर, सल्लाघारी, त्रिभुवन विमानस्थलको बाहिरी क्षेत्र, दधीकोट, गाम्चा भएर अगाडि बढ्ने छ ।
 ललितपुरमा लुभु, विष्णुडोल, हरिसिद्धि, दशघर, धापाखेल, ठेचो, जावलाखेल, बुङ्मती, खोकना, कार्यविनायक, बागमती पुल (चोभार क्षेत्र), पुरानो सिमेन्ट कारखानाको छेउ, कीर्तिपुर क्षेत्र, गाम्चा, मच्छेगाउँ हुँदै, तीनथानाको दक्षिण हुँदै सतुङ्गलसम्म पुगेर ठूलो चक्र बनाउने छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply