Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, चैत ।
डोपिङ अर्थात प्रतिबन्धित शक्तिबर्धक औषधि प्रयोग गरेका कारण प्रतिबन्धमा पर्ने खेलाडीको संख्या १४ प्रतिशतले बढेको देखिएको छ । विश्व एन्टी–डोपिङ एजेन्सी (वाडा) का अनुसार सन् २०१५ मा १९ सय भन्दा धेरै खेलाडी डोपिङका कारण प्रतिबन्धमा परेको जनाएको छ ।
यो अघिल्लो वर्षको तुलनामा १४ प्रतिशत बढी हो । सन् २०१५ मा १९ सय २९ जना खेलाडी डोपिङमा असफल भएर प्रतिबन्धमा परेको वाडाको प्रतिवेदनमा उल्लेख छ । सन् २०१४ मा डोपिङमा असफल भएका कारण १६ सय ९३ खेलाडी प्रतिबन्धमा परेका थिए ।
अनुसन्धान आएको तीव्रता, सूचना संकलन तथा विश्व समुदायको ध्यानाकर्षणका कारण कारवाहीको दायरामा आउने खेलाडीको संख्या बढेको वाडाले जनाएको छ । पछिल्लो प्रतिवेदनले अनुसन्धानात्म कार्यमा सुधार भएको देखिने वाडाले दाबी गरेको छ । सन् २०१५ मा डोपिङमा असफल हुने खेलाडीमा सबै भन्दा धेरै रुसका छन् । रुसका एक सय ७६ खेलाडी डोपिङमा असफल भएका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply