Ticker

6/recent/ticker-posts

कांग्रेसको कास्कीमा निर्वाचन केन्द्रित सभा आज

कास्की, ३० चैत । नेपाली काँग्रेसले आज पोखरामा प्रदेश नं ४ स्तरीय निर्वाचन केन्द्रित सभा गर्ने भएको छ ।

नेपाली काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको आयोजनामा हुने सभालाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, समितिका संयोजक एवम् वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, युवा नेता गगन थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभालाई लक्षित गरी सबै किसिमका तयारी सम्पन्न भएको नेपाली काँग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले जानकारी दिए । सभालाई भव्य र सभ्य बनाउन पार्टीका जिल्ला समितिअन्तर्गतका सबै समिति, भ्रातृ तथा शुभेच्छुक सङ्घलाई परिचालन गरिएको र हिजो बिहान पोखरामा मोटरसाइकल र्यालीसमेत आयोजना गरिएको उनले बताए ।

पोखराको अमरसिंह चोकबाट सुरु ¥याली पृथ्वीचोक, विरौटा, सहिदचोक, लेकसाइड, हल्लन चोक, जिरो किमी, सभागृह चोक, न्यूरोड हुँदै मानवअधिकार चोकमा गएर सम्पन्न भएको थियो ।

काँग्रेसले विभिन्न प्रदेशमा सभा गर्ने क्रममा यसअघि धनगढी, तुलसीपुर, भैरहवामा सभा गरिसकेको छ भने बाँकी अन्य तीन प्रदेशमा पनि सभा गर्ने तय गरेको छ ।

Post a Comment

0 Comments