काठमाडौं, चैत । मन्त्रीहरुले पार्टीका कार्यक्रममा सहभागी हुँदा सरकारी गाडी प्रयोग गर्न नपाउने भएका छन् ।
निर्वाचन आयोगको बुधबार बसेको बैठकले निर्वाचन आचारसंहिता पालना गर्न भन्दै मन्त्रीहरुले राजनीतिक दलले आयोजना गर्ने कार्यक्रममा सहभागी हुँदा सरकारी गाडीको प्रयोग गर्न नपाइने नीतिगत निर्णय गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
यसअघि आयोगले मन्त्रीलाई जिल्ला सदरमुकामसम्म मात्र जान पाउने व्यवस्था गरेकामा अहिले केही खुकुलो र सहज गराएको पनि आयोगले जनाएको छ । यस्तै चुनावमा भाग लिने उम्मेदवारले वैशाख १६ गते उम्मेदारी दिने र वैशाख १९ गते चुनाव चिन्ह पाउने भन्दै त्यसपछि मन्त्रीहरुले कुनै पनि कार्यक्रममा भाग लिन नपाउने आयोगले जनाएको छ।
आयोगको बैठकले आचारसंहिता पालनासम्बन्धी नीतिगत निर्णयलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

0 Comments