Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, चैत । सरकारले डिआइजी प्रकाश अर्याललाई आईजीपीमा नियुक्त गरेको छ ।सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले दोस्रो वरियतामा रहनु भएका डिआइजी अर्याललाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।


मन्त्रिपरिषदको सोमबार रातिको बैठकले नियुक्तिको निर्णय गरेलगत्तै अर्याललाई महानिरीक्षकको दज्र्यानी चिह्न प्रदान गरिएको छ । त्यसलगत्तै अर्यालले पदभारसमेत ग्रहण गरेका छन् ।
गृहसचिव लोकदर्शन रेग्मीले राति नै मन्त्रालयका अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहितका उच्च अधिकारीहरूलाई बोलाएर अर्याललाई महानिरीक्षकको दज्र्यानी चिह्न लगाइदिएका थिए । त्यसपछि अर्याल राति नै प्रहरी प्रधान कार्यालय गएर पदबहाली गरेका थिए । उक्त अवसरमा प्रहरीका उच्च अधिकारीको पनि उपस्थिति थियो ।
यसअघि सरकारले  गत फागुन १ मा डीआईजी जयबहादुर चन्दलाई महानिरीक्षक नियुक्त गरेपछि राजनीतिक दवावका आधारमा आईजीपी नियुक्त गरिएको भन्दै सरकारविरुद्ध अधिवक्ता कपिलदेव  ढकालले सर्वाेच्चमा रिट दायर गरेपछि अदालतले सो निर्णय खारेज गरेको थियो  ।
 पहिलो बरियतामा रहेका डिआइजी नवराज सिलवालले पनि चन्दलाई आईजीपी बनाउने निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । तीन साताअघि सर्वोच्च अदालतले उक्त निर्णय उल्ट्याइदिएको थियो । सर्वोच्चले कार्यसम्पादन मूल्यांकन ख्याल नगरी मन्त्रिपरिषद्ले महानिरीक्षक नियुक्ति गर्नु विधिसम्मत नभएको भन्दै कार्यसम्पादनका आधारमा पुनस् नियुक्ति गर्न चैत ८ गते आदेश दिएको थियो । अर्याललाई नियुक्त गर्नुअघि गृह मन्त्रालयका उच्च अधिकारीसहितको टोली चार डीआईजीको कार्यसम्पादन मूल्यांकनसम्बन्धी फाइल हेर्न सर्वोच्च अदालत र लोक सेवा आयोग पुगेको थियो । कार्यसम्पादनको नम्बर हिसाब गरी वरिष्ठताको टुंगो लगाउन मन्त्रिपरिषद्ले महान्यायाधिवक्ताको संयोजकत्वमा गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, कानुन सचिव र निमित्त महानिरीक्षक रहेको पाँच सदस्यीय समिति बनाएको थियो ।

उक्त समितिले महानिरीक्षकको दौडमा रहेका चार डीआईजीको कार्यसम्पादन मूल्यांकनको नम्बरमाथि छलफल गरेर मन्त्रिपरिषद्मा निर्णयार्थ फाइल पेस गरेको थियो । त्यसैका आधारमा मन्त्रिपरिषद्ले डीआईजी अर्याललाई महानिरीक्षकमा नियुक्त गरेको हो । मन्त्रिपरिषदको उक्त बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भने उपस्थित थिएनन् ।

नवनियुक्त महानिरीक्षक अर्याल २०२० असार १४ गते दाङको त्रिभुवन नगरपालिका ११ मा जन्मेका हुन् । २०६९ पुस ४ मा डीआईजीमा बढुवा भएका अर्यालले पछिल्लो केही समय महानगरीय ट्राफिक प्रहरी महाशाखाको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि प्रहरी प्रधान कार्यालयअन्तर्गतको अपराध अनुसन्धान विभागको प्रमुखमा सरुवा भएका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् ।
यसअघि महानिरीक्षक नियुक्तिको विवादमा फसेको सरकारले प्रहरी नियमावली नै संशोधन गरेर प्राविधिक तहका एआईजी दिनेशचन्द्र पोख्रेललाई निमित्तको जिम्मेवारी सुम्पेको थियो । नेपाल प्रहरी दुई महिनायता निमित्तको भरमा चलेको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply