Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, बैशाख ।
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा मधेशवादी दलहरु फेरी नेपाल स्थित भारतीय राजदुतावासमा पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहालसंगको टेलिफोन संवादमा स्थानीय तहको निर्वाचनमा सघाउन प्रतिबद्धता व्यक्त गरेलगत्तै केहि दिन अघि मात्र ६ मधेशवादी दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीका नेता भारतीय दूतावास पुगेका हुन् ।
नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव र शरतसिंह भण्डारी मंगलबार साँझ ६ बजे लैनचौर पुगेका थिए । त्यहाँ उनीहरु र भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच करिब दुई घन्टा छलफल भएको थियो । भेटमा सहभागी एक नेताका अनुसार छलफल स्थानीय तह निर्वाचनमा केन्द्रित थियो ।
छलफलकै क्रममा भारतीय राजदूत पुरीले सहमति अनुसार सरकार अगाडि बढेकाले चुनावमा सहभागी भइदिन नेताहरुलाई आग्रह गरेको स्रोतको दाबी छ । त्यति मात्रै नभई राजपा नेताहरुले दूतावासभित्रैबाट नयाँदिल्लीमा कन्फरेन्स कलमार्फत संवाद गरेको समेत स्रोतको दाबी छ । दूतावासभित्रको छलफल विषयमा जिज्ञासा राख्दा राजपाका एक नेताले भनेः‘ पार्टी एकीकरण भएकोमा देशी , विदेशी सबैको शुभेच्छा छ, भारतको मात्रै होइन ।’

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply