काठमाडौ, चैत ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलगायत आयुक्तसँग वैशाख ३१ का लागि तय गरिएको स्थानीय निर्वाचनको तयारीका बारेमा जानकारी लिएकी छन् । शीतलनिवासमा भएको परामर्शमा प्रमुख आयुक्त यादवले निर्वाचनको तयारीमा आयोग पूर्ण रूपमा लागेको अवगत गराएका थिए ।
उनले आयोगको तयारी युद्धस्तरमा अघि बढेको ब्रिफिङ गरेको जानकारी शीतलनिवास स्रोतले दिएको छ । यादवको भनाइ उद्धृत गर्दै राष्ट्रपति कार्यालयले भन्योः‘ प्रदेश नं २ का ६ जिल्लामा मतदान केन्द्र निर्धारण गर्न कठिनाइ भए पनि ती जिल्लामा निर्वाचन केन्द्र छिटै तोकिनेछ ।’

0 Comments