Ticker

6/recent/ticker-posts

गजल

कसलाई पो कुनको अभाब भएछ
बासुरी लाई धुनको अभाब भएछ

हेर्छु अभाबै अभाबको दुनियाँमा
कुबेर लाई सुनको अभाव भएछ

किन गर्छ सधै पक्षपात आकाशले
सुदुर बस्तीमा जुनको अभाव भएछ

हिटलर बन्नुपर्छ अब बुद्धले पनि
यो देशलाई खुनको अभाव भएछ

तिम्रो राजधानीमा मानवता जस्तै
कर्णालीमा नुनको अभाव भएछ

जति आय गए पनि सपनीमा सधै
मलाई भने उनको अभाव भएछ
 
डिकर्ण मल्ल "सन्देश"
धैनकोट ९ तलिवाडा 
हाल -दक्षिण कोरिया

Post a Comment

0 Comments