Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, चैत ।
नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले देशभर ‘पिक आवर’ को लोडसेडिङ हटेको घोषणा गरेका छन् । उनले अब काठमाडौंका ट्रान्सर्फमर अपग्रेडिङमा लाग्ने समेत जनाएका छन् ।
मंगलबार पत्रकार सम्मेलन गरेर घिमिङले अब लोडसेडिङबारे चिन्ता गर्नु पर्ने अवस्था नरहेको दावी गरेका छन् । साथै देशभर पिक आवरमा लोडसेडिङ नहुने बताए । प्राधिकरणले विहान ५ देखि ८ बजे र साँझ ५ देखि साढे ८ बजेस्म्मलाई पिक आवर मानेको छ ।
काठमाडौं, पोखरा र चितवनलाई लोडसेडिङ मुक्त घोषणा गरेको प्राधिकरणले देशका अन्य भागमा भने केही घन्टा विद्युत कटौती गर्दै आएको थियो । अब पिक आवरमा भने देशभर नै लोडसेडिङ नहुने घिसिङले बताए । लोडसेडिङ हटाउने अभियानमा मौसमका कारण पनि केही सहज भएको उनले बताए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply