Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

नवलपरासीका गुरुङ्गलाई भने सरकारको प्रशंसापत्र

बलराम प्यासी

भक्तपुर, २४ चैत  । २०५५ सालदेखि प्रदान गरिँदै आएको नेपालको स्वास्थ्य क्षेत्रको पहिलो पुरस्कार ‘दीक्षादक्ष सेवा पुरस्कार’ र २०५८ देखि दिँइदै आएको ‘रण—समुन्द्र बम पुरस्कार’ यो वर्ष कसैलाई नदिइएपछि क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएका विदेशी दातृ निकाय, चिकित्सक, अस्पताल, स्वास्थ्यसम्वन्धी संघसंस्था तथा कार्यालय, स्वास्थ्यकर्मी एवम् स्वयमसेवकहरुमा निराशा देखिएको छ ।

नेपालको क्षयरोग रोकथाम तथा नियण्त्रण कार्यमा उल्लेखनीय योगदान गर्नेलाई दिँइदै आएको ‘दीक्षादक्ष सेवा पुरस्कार’ र ‘रण—समुन्द्र बम पुरस्कार’ यो वर्ष पहिलोपटक स्थगित गरिएको हो । १७ वर्षको अवधिमा दीक्षादक्ष सेवा पुरस्कार’ बाट गतवर्षसम्म करीव एकसय जना र ‘रण—समुन्द्र बम पुरस्कार’ बाट १४ वर्षको अवधिमा करीव ७५ जना पुरस्कृत भईसकेका छन ।

ति दुबै कोषले नेपालको क्षयरोग रोकथाम तथा नियण्त्रण कार्यमा उल्लेखनीय योगदान गर्ने विशिष्ट व्यक्तिलाई स्वर्णपदक, चिकित्सक, स्वास्थ्यकर्मीलाई दोसल्ला, संघसंस्थालाई शिल्ड तथा स्वयमसेवक र कर्मचारीहरुलाई प्रशंसापत्र गरि चार वर्गमा विभाजित गरि पुरस्कार दिँदै आएको थियो ।

हरेक वर्षको विश्व क्षयरोग दिवसको अवसर २४ मार्च या त्यसको एकहप्ताभित्र दिँइदै आएका यी दुबै पुरस्कार यो वर्ष निर्वाचन आयोगले २०७४ बैशाख ३१ गते स्थानीय निकायको निर्वाचनका लागि आचार संहिता लगाएकोले दिन नमिल्ने राष्ट्रिय क्षयरोग केन्द्रका निमित्त निर्देशक डा.मोहनकुमार प्रसाईद्धारा विश्व क्षयरोग दिवस २०१७ मनाउन पाँचै विकास क्षेत्रका क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई जारी गरेको परिपत्रमा उल्लेख गरिएको छ ।

स्थानीय निकायको निर्वाचन मिति घोषणा भईसकेको अवस्थामा ‘निर्वाचन आचार संहिता २०७२ को कर्मचारी आचार संहितामा कुनैपनि कर्मचारीलाई पुरस्कार दिन नमिल्ने भएकोले यो वर्षको पुरस्कार हाललाई स्थगित गरिएको’ भनिएको छ ।

सीमित स्वास्थ्यकर्मी र कर्मचारी तथा बढी संख्यामा दातृनिकाय, स्वास्थ्य निकाय संंघसंस्था तथा व्यक्ति विशेषले पाउने गरेको सो पुरस्कार निर्वाचन आचार संहिताका कारण दातृ निकाय, विदेशी तथा स्वदेशी संघसंस्था र स्वयमसेवकहरु यो वर्ष पुरस्कार पाउनबाट वञ्चित हुन पुगेका हुन ।

हालसम्म निर्विवाद रहेतापनि केहीवर्षअघि ‘केन्द्रका सीमित व्यक्तिले पुरस्कार छनौटको अन्तिम समयमा हस्तक्षेप गर्दै आफ्नो स्वार्थ अनुकूल विदेशी दातालाई खुसी पार्दै आफ्नो तलव÷सुविधा बढाउन पुरस्कार कोषको नियम विपरित ती निकायलाई पुरस्कार बाँडेको’ पुरस्कार कोषकोे गुनासो थियो ।

निर्वाचन आचारसंहिताको कारण देखाई ती दुबै पुरस्कार वितरण कार्य स्थगित गरिएता पनि विश्व क्षयरोग दिवस चैत ११, २०७३ मा राष्ट्रिय क्षयरोग केन्द्र आफैंले पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा स्वयमसेवकको रुपमा काम गर्दै आएका जोग बहादुर गुरुङ्गलाई भने सरकारी तवरमै सम्मान गरेकोछ । उनी विगत २० वर्षदेखि स्वयमसेव कगर्दै आएका थिए ।

२०५५ सालमा थाइल्याण्डमा सम्पन्न एशियाली खेलकुद प्रतियेगितामा तेक्वाण्दोतर्फ नेपालले पदक पाएपछि तेक्वान्दो प्रशिक्षक दीपराज गुरुङ्गलाई तत्कालिन श्री ५ को सरकारले दिएको १ लाख नगद पुरस्कारबाट नेपालको स्वास्थ्यक्षेत्रको पहिलो पुरस्कार दीक्षादक्ष सेवा पुरस्कार कोष स्थापना गरिएको थियो ।

यसैगरी नेपालको राष्ट्रिय क्षयरोग कार्यक्रमलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा चर्चित बनाए वापत राष्ट्रिय क्षयरोग केन्द्रका तत्कालिन निर्देशक डा.दीर्घसिंह बमलाई छातीरोग तथा क्षयरोग विरुद्धको अन्तर्राष्ट्रिय संस्था आइ.यु.ए.टि.एल.डी.ले २ हजार अमेरीकी डलर राशीसहित कार्ल स्टेब्लो अन्तर्राष्ट्रिय पुरस्कार २००२ बाट पुरस्कृत गरिएको थियो । आफुले प्राप्त गरेको पुरस्कारको राशीबाट निर्देशक डा.बमले आफ्ना स्वर्गीय मातापिता समुन्द्रदेवी बम र रणबहादुर बमको स्मृतिमा रण—समुन्द्र बम पुरस्कार कोष स्थापना गरेका थिए ।

स्थगित पुरस्कार आगामी स्थानीय निकायको निर्वाचनपछि वितरण गरिन्छ भन्ने कुरामा ती दुबै पुरस्कार कोषका संस्थापकहरु दीपराज गुरुङ्ग र डा.दीर्घसिंह बमलाई विश्वास छैन । जसका कारण पुरस्कार कोषका संस्थापक मात्रै नभई पुरस्कार पाउन सिफारिस गरिएका चिकित्सक, दातृ निकाय, संघसस्था, स्वास्थ्यकर्मी र स्वयमसेवकहरु हतोत्साही भएका छन् ।

(प्यासी, ‘दीक्षादक्ष क्षयरोग स्वर्णपदक’ पाउने पहिलो र हालसम्मकै एकमात्र पत्रकार हुन । )

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply