Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, चैत ।
विद्यार्थी राजनीतिको नेता संगठन नेपाल विद्यार्थीसंघले स्थानीय तहको चुनाव लक्षित रणनीति सुरु गरेको छ । त्यसो त बेला बेला नेपाल विद्यार्थी संघलाई निश्क्रिय विद्यार्थी संगठन भनेर आलोचना हुने गरेको छ । तर जब शैक्षिक एजेण्डा होस् या राष्ट्रिय एजेण्डा होस नेविसंघ अविश्वासिलो तरिकाले डटेर प्रथम किल्लामा आउने गरेको छ । तर नैनसिंह महरको नेतृत्वमा निर्वाचनवाट चुनिएर आएपछि भने नेविसंघ निकै सक्रिय भएको छ ।
त्यो त नेविसंघ मुलुकै सबैभन्दा ठुलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको मेरुदण्ड हो । वर्तमान सभापति शेरवहादुर देउवा पनि नेविसंघ वाटै उत्पादन भएका नेता हुन् । अहिले नेविसंघले आफ्नो अर्जुनदृष्ट्रि स्थानीय निर्वाचनमा लगाएको छ । नेविसंघका अध्यक्ष नैनसिंह महर स्थानीय तहको चुनावमा माउ पार्टी नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी नेविसंघलाई परिचालन गर्न रणनीति बनाउँदैछन् ।
स्थानीय तहको निर्वाचन केन्द्रित केहि रणनीति भने सार्वजनिक भईसकेका छन् । माउ पार्टी नेपाली कांग्रेसलाई स्थानीय चुनावमा अग्रस्थान दिलाउने लक्षका साथ नेवि संघ गाउँ गाउँ पस्ने भएको छ । संघका अध्यक्ष नैनसिंह महरको अध्यक्षतामा सम्पन्न केन्द्रीय समिति वैठकले स्थानीय निर्वाचनलाई लक्षित गरि देशभरका ७ सय ४४ वटै स्थानीय तहमा एकैसाथ निर्वाचन परिचालन तथा प्रशिक्षण विशेष अभियान संचालन गर्ने निर्णय गरेको छ ।
नेवि संघको ४८ औं स्थापना दिवशको अवसर स्थानीय तहको निर्वाचनलाई सघाउने गरी देशभरका करिब १५ हजार शिक्षालयबाट १० जनाका दरले सहभागी हुने गरि अभियान सञ्चालन गर्न लागेको अध्यक्ष महरले बताए । अध्यक्ष महरका अनुसार तीं प्रतिनिधिको सहभागितामा महानगरका वडा, उपमहानगर, नगर र गाउँ पालिकाको सदरमुकामहरुमा वैशाख ६ गते कार्यक्रम सम्पन्न गर्ने छ । ५५ सय प्रशिक्षकले चुनावी मुद्दा र रणनीतिका बारेमा १ लाख ५० हजारलाई प्रशिक्षण दिने अध्यक्ष महरले जानकारी दिएका छन् ।
उक्त प्रस्तावलाई अध्यक्ष महरले कांग्रेसको निर्वाचन परिचालन केन्द्रीय समिति बैठकमा पेश गरेकोमा समितिले अनुमोदन गरिसकेको छ । अध्यक्ष महरले भनेः‘हाम्रै नेतृत्वमा शान्ति र संविधान, हाम्रै नेतृत्वमा समृद्धिको अभियान भन्ने कांग्रेसको मूल ऐजेन्डालाई कार्यान्वयन गर्न जनताको साथ चाहिएको र कांग्रेसलाई विजयी गराउन जनताको घरदैलोमा पुग्ने लक्ष्य छ । नेवि संघले वैशाख ११ गते लोकतन्त्र विदशका दिन १५ हजार शिक्षालयबाट ३० प्रतिशत विद्यार्थीलाई पुर्नजागरण निर्वाचन परिचालन अभियानमा सहभागी गराउने छ ।’
लोकतन्त्र विदशका दिन ४ लाख ५० हजार विद्यार्थी निर्वाचन गतिविधिमा संलग्न भएर निर्वाचनको दिनसम्म सम्बन्धित स्थानीय पालिकामा सक्रिय रहने नेवि संघका उपाध्यक्ष पुष्पकुमार शाहीले जानकारी दिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply