Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, चैत । नेपाल विज्ञापन संघ (आन)का अध्यक्ष सन्तोष श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । नेपाल विज्ञापन संघ (आन) मा लामो समयदेखि सक्रिय श्रेष्ठले नेपाली विज्ञापन बजार र मिडिया प्रतिनिधित्व गर्दै महासंघमा वस्तुगततर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । 
विज्ञापन बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल श्रेष्ठ डेढ दशकदेखि आनको गतिविधिमा सक्रिए रुपमा संलग्न छन् । आनको सचिव, महासचिव र अध्यक्ष हुँदै १० वर्षसम्म सफल नेतृत्व सम्हालेका श्रेष्ठले आगामी दिनमा महासंघलाई पनि सवल र सशक्त रुपमा अघि बढाउन पहल गर्ने उद्देश्यअनुरुप आफूले उम्मेदवारी दर्ता गराएको बताएका छन् । 

नेपाली उत्पादनको बजारीकरण र औद्योगिक विकासका लागि सञ्चारमाध्यम र विज्ञापनको ठूलो भूमका हुने र त्यसका लागि आफूले महासंघभित्र रहेर सक्दो पहल गर्नेसमेत उनले जानकारी दिए । विशेषगरी विज्ञापन र मिडिया रिसर्चमा राम्रो दख्खल भएका श्रेष्ठले संघमा रहेर पनि थुप्रै सुधारका काम गरिसकेका छन् । 

सामाजिक कार्यमा बढी चासो राख्ने श्रेष्ठ बाग्मती सफाइ अभियानमा पनि एक मुख्य अभियन्त हुन् । चार वर्षदेखि बाग्मती सरसफाइ अभियानमा संलग्न उनी अन्य सामाजिक क्रियाकलापमा पनि उत्तिकै सक्रिय छन् । बाग्मती सरसफाइ अभियानको प्रचारप्रसार समितिका संयोजक रहेका श्रेष्ठको सरकार र कर्मचारीतन्त्रसँग प्रगाढ सम्बन्ध रहेको छ । 

नीतिगत सुधारका काममा सरकारसँग सहकार्य गर्न सक्ने क्षमता भएको श्रेष्ठले आगामी दिनमा महासंघभित्र रहेर व्यवसायीमैत्री–नियम निर्माणका लागि सक्दो पहल गर्ने बताएका छन् । 

यसैबीच, नयाँ नेतृत्वका लागि आगामी साता हुन लागेको उद्योग वाणिज्य महासंघको चुनावमा ६४ पदका लागि ११२ जनाले उम्मेद्वारी परेको छ । आगामी चैत २७ गते सुरु हुने केन्द्रीय अधिवेशनमा विभिन्न उद्योगी समूहका व्यवसायीहरुले नेतृत्वका लागि होडबाजी गरिरहेका छन् ।

केन्द्रीय नेतृत्वका लागि किशोरकुमार प्रधान र शेखर गोल्छावीच प्रतिस्पर्धा हुँदैछ । जिल्ला, नगर, वस्तुगत तर्फ र एशोसिएटतर्फका उम्मेद्वारहरुको नामावली यस्तो छः 


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply