Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, चैत ।
बहुप्रतीक्षित काठमाडौं–निजगढ फास्ट ट्रायाक निर्माणको जिम्मेवारी अन्ततः नेपाली सेनाले नै पाउने भएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रक्षा मन्त्रालयमार्फत जंगी अड्डाको राय माग्दा सेनाले‘ फास्ट ट्र्याक बनाउन सहमत रहेको’ आशयसहितको पत्र सोमबार पठाएको छ ।
अब नेपाली सेनाले नै उक्त सडक बनाउने टुंगो लागेको हो । राष्ट्रिय गौरवको उक्त आयोजना ९ वर्षदेखि अलमलमा थियो ।
मन्त्रालयले बुट (निर्माण, सञ्चालन र हस्तान्तरण) प्रणालीमार्फत फास्ट ट्र्याक बनाउने प्रयासमा नौ वर्ष खर्चिए पनि असफल भएपछि सेनालाई जिम्मा लगाउने निर्णय गरेर चैत १७ गते पत्राचार गरेको थियो ।
दुर्गम पहाडी जिल्लामा ट्र्याक खोल्ने जिम्मा पाएको सेनाले यति ठूलो आयोजनामा हात हालेको यो पहिलोपटक हो । नेपाली सेनाको विकास निर्माण निर्देशनालयका निर्देशक सहायक रथि उद्धव बिष्टले फास्ट ट्र्याक बनाउन सरकारले गरेको लिखित आग्रहप्रति सहमति जनाएको जानकारी दिए । उनले भनेः‘ जंगी अड्डाबाट रक्षा मन्त्रालयलाई सोमबार पत्राचार गरिएको छ । रक्षाबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट निर्णय भएपछि फास्ट ट्र्याक निर्माणको प्रक्रिया सुरु हुनेछ ।’

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply