Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, बैशाख ।  बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय चुनावको तयारीका विषयमा छलफल गर्न मुख्य ५ दलको बैठक बस्दैछ ।

 प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान ९ बजेपछि बस्ने बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेता सहभागी हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

३१ गते हुने चुनावको विषयमा धेरैथरी टिप्पणी आइरहेको बेला साझा धारणा बनाउन मुख्य ५ दलको बैठक बस्न लागेको हो । सत्तारुढ कांग्रेसकै केही नेताहरुले चुनाव सार्नुपर्ने र दुई चरणमा गर्नुपर्ने अभिव्यक्ति दिइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले तोकिएको मितिमै चुनाव हुने भन्दै सुरक्षा निकायका प्रमुखहरुलाई आश्वस्त पारिसक्नुभएको छ ।

निर्वाचन आयोगले पनि चुनावको मिति नसर्ने प्रष्ट पारिसकेको छ । चुनाव बिथोल्ने गरी मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेपनि कुनै हालतमा चुनाव सफल पार्नेगरी एउटै धारणा बनाउन प्रधानमन्त्रीले ५ दलको बैठक आह्वान गर्नुभएको छ । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply