Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बलराम प्यासी
काठमाण्डौ, २१ चैत । नेपाल परिवार नियोजन संघ काठमाण्डौ उपत्यका शाखाबाट विगतमा स्थायी परिवार नियोजन (वन्ध्याकरण) गरि फेरी उल्ट्याएका (रि—क्यानलाईजेशन गरिएका) १६ पुरुषमध्ये १२ पुरुषबाट फेरी वालवच्चा भएको छ । अर्थात उनीहरु फेरी बाबु बन्न सफल भएका छन् । एक या दुई छोराछोरी भईसकेर स्थायी परिवार नियोजन गरिसकेका १६ पुरुषकोे रिक्यानालाइजेशन गरेको सो शाखाका प्रवन्धक शरदकुमार अर्यालले बताए । गत एकवर्षमा शाखाले २१७ जना पुरुषको स्थायी परिवार नियोजन गरेको थियो । 

‘विभिन्न परिस्थिति र वाध्यताका कारण फेरी वालवच्चा जन्माउन पर्ने भएकोले उनीहरुको स्थायी वन्ध्याकरण उल्ट्याइएको हो’—प्रवन्धक अर्यालले भने । यो सेवा आजभन्दा १३ वर्षअघि अर्थात सन् २००४ देखि परिवार नियोजनसंघको उपत्यका शाखा जडिबुटीमा मात्रै सञ्चालनमा रहेको पनि उनले बताए । वन्ध्याकरण उल्ट्याउने कामबाट प्राप्त शुल्कबाट शाखाको क्लिनिक सञ्चालनमा सहयोग पुगिरहेको शाखाले जनाएको छ । 

यसका साथै शाखाले १२५ महिलाको स्थायी वन्ध्याकरण, १०८५ महिलालाई ५वर्षे साधन इम्प्लाण्ट, ३३१ जना महिलालाई पाठेघरमा राखिने आईयुडी, ९ हजार ९४० महिलालाई अस्थायी साधन ३ महिने सुई डिपोका साथै ९ हजार ५९६ महिलालाई खाने चक्की पिल्स दिनुका साथै पुरुषहरुको लागि परिवार नियोजनको अस्थायी साधन कण्डम ८१ हजार ८० वटा वितरण गरेको छ ।

शाखाको सोमबार सम्पन्न ३९ औं साधारण सभाको अवसरमा शाखाका सचिव रमेशकुमार खडकाले शाखाको प्रगतीबारे प्रकाश पार्दै विगत ४२ बर्षदेखि प्रजनन स्वास्थ्य, परिवार नियोजन,यौन तथा प्रजनन अधिकारको पक्षमा कार्यरत रहेको उल्लेख गर्दै महिलाको स्वास्थ्य, प्रजनन अधिकार र त्यसको संरक्षण गर्दै किशोर किशोरी, युवा युवती, प्रौढ, गरीव, जनजाति, उपेक्षित वर्ग लगायत सबैलाई लक्षित गरी उपत्यकाका २४ ठाँऊवाट सेवा दिँदै आएको बताउनुभयो ।


यसका साथै शाखाले किशोर किशोरी र युवाहरुको यौन तथा प्रजनन् स्वास्थ्य, सुरक्षित गर्भपतन सेवा, यौन तथा प्रजनन् स्वास्थ्य, शिक्षा तथा सेवामा पहुँच, बृहत परिवार नियोजन सेवा, एच.आई.भीएड्स र यौनरोगको परिक्षण, पाठेघरको मुखमा हुने क्यान्सर परिक्षण, सघन यौनिकता शिक्षा तथा सेवा र स्कुलका विद्यार्थी तथा शिक्षकका लागि वृहत यौनिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको पनि सचिव खडकाले बताउनुभयो । 

उहाँका अनुसार शाखाले सुरक्षित गर्भपतन सेवा, अभिमुखिकरण कार्यक्रम, पुनः गर्भपतन गर्न नपरोस भन्नको लागि परिवार नियोजनको साघनमा जोड, बिभिन्न  संघ संस्थाहरुसंग सहकार्य, वृहत परिवार नियोजन सेवा शिबिर, युवा परिचालन,युवा सुचना केन्द्रको पुनर्निमाणमा सहयोग, भुकम्प प्रभाबित क्षेत्रमा स्वास्थ्य शिबिर, परिवार नियोजन सेवा बिस्तार तथा सुदृढिकरण कार्यक्रम,नेपाल सरकारको कार्यक्रममा सहयोग गर्ने र स्वास्थ्यकर्मि तथा डाक्टरहरुलाई तालिम दिने काम गरेको छ । यसका साथै शाखाले स्त्रीरोग सेवा,परिवार नियोजन सेवा,सुरक्षित गर्भपतन सेवा, महिला तथा गर्भवति महिला, बालरोग, एच.आई.भि,यौनरोगको परिक्षण तथा उपचार,बााँझोपनको उपचार तथा परामर्श, ल्याव सेवा पनि दिँदै आएको छ । 

शाखाका सभापति मनोरन्जनरमण शर्माको सभापतित्वमा सम्पन्न शाखाको ३९ औं साधारण सभामा नेपाल परिवार नियोजन संघकी केन्द्रीय अध्यक्ष अमुसिंह सिजापति, संघकी केन्द्रीय उपाध्यक्ष सपना थापा अधिकारी,नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक इन्द्रबहादुर केसी, काठमाण्डौ जनस्वास्थ्य प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ, संघको कार्यक्रम महाखाका निर्देशक सुभाष श्रेष्ठ, मानव संशाधन शाखाका निर्देशक दुर्गा राय, अधिवक्ता बसन्तराम भण्डारी तथा युवा सदस्य शाम्भवी पौडेल लगायतले शाखाले दिँदै आएको सेवाको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा विभिन्न महानुभावलाई सम्मान पनि गरिएको थियो ।



«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply