Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

म्यानु,चैत ।
म्यानचेस्टर युनाइटेडलाई इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा पर्ने यात्रामा धक्का लागेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड वेष्ट ब्रोमसँग गोलरहति बराबरीमा रोकियो । घरेलु मैदानमा वल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेड बराबरीमा रोकिएको हो ।
यो सिजन युनाइटेड मुख्य प्रतिस्पर्धामा अहिलेसम्म ११ खेलमा बराबरीमा रोकिएको छ । मार्कस राफोर्डले गरेका दुई सुन्दर प्रहार वेष्ट ब्रोमका गोलरक्षक बेन फोस्टरले वचाउ गरे । पहिलो हाफमा एन्थोनी मार्शलले प्रहार गरेको बल पनि गोलमा परिणत हुन सकेन ।
खेल अवधिभर धेरै समय बलमा नियन्त्रण युनाइेडको भएपनि नतिजा आफ्नो पक्षमा पार्न असफल भयो । युनाइटेडले आफ्नो अपराजित यात्रा भने १९ खेलमा पुर्‍याएको छ । पाँचौं स्थानको युनाइटेडको २८ खेलबाट ५३ अंक भएको छ । चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा युनाइडेड चार अंकले पछि परेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply