Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

मुम्बई,बैशाख ।
सिनेमाघरमा चल्नुपूर्व नै सर्वाधिक चर्चित भएको दक्षिण भारतीय फिल्म‘बाहुबली–२ द कन्क्लुजन’ शुक्रबार रिलिज भएको छ । यस फिल्मबारे भारतीय सन्चारमाध्यमहरुमा रोचक घटनाहरु बाहिर आएका छन् । बाहुबली दर्शकहरुले अहिलेसम्मकै सबैभन्दा बढी प्रतिक्षा गरेको फिल्म बनेको छ । फिल्ममा सबैभन्दा ठूलो मानिएको क्लाइमेक्स कटप्पा (सत्यराज) ले महेन्द्र बाहुबली (प्रभाष) लाई किन मारे ? भन्ने प्रश्न सबैभन्दा ठूलो विषय बन्यो ।
भारतीय फिल्म क्षेत्रमा आजसम्म बनेका फिल्महरुमध्ये ५० मिनेटको सबैभन्दा लामो‘क्लाइमेक्स’ को रेकर्ड बाहुबली–२ ले राखेको छ । चलचित्र विश्लेषकहरुले एउटै क्लाइमेक्सको लागतलेमात्रै १० भन्दा बढी अरु बलिउड फिल्म निर्माण गर्न सकिने बताएका छन् ।
पहिलो शोमै हलभित्रैबाट दर्शकहरुले ट्वीटर लाइभ अपडेट गरेको फिल्मको रेकर्ड पनि बाहुबलीले राखेको छ । फिल्म रिलिजको पहिलो शो नसकिँदै दर्शकहरुले हलभित्रैबाट ट्वीटरमा फिल्मबारे गरेको टिप्पणीले बाहुबली–२ ‘ट्रेन्डिङ’को पहिलो नम्बरमा आएको छ ।
भारतमा एकैपटक ९ हजार (९५ प्रतिशत) फिल्महलमा रिलिज हुने रेकर्ड पनि बाहुबली–२ ले नै राखेको छ । जबकि, अहिलेसम्म सबैभन्दा धेरै‘दंगल’ एकैपटक ८५ प्रतिशत हलहरुमामात्र रिलिज भएको थियो । फिल्महलमा टिकटका लागि दर्शकको लाइन तीन किलोमिटर परसम्म पुगेपछि अहिलेसम्म दर्शकको लामो लाइन हुने फिल्मको रेर्कडसमेत बाहुबलीले नै कायम गरेको छ ।
दक्षिण भारतको हैदरावादस्थित नेकलेस रोडमा रहेको ‘आइम्याक्स थिएटर’अगाडि टिकटका लागि तीन किलोमिटरसम्म लाइनमा बसेको भिडियोलेसमेत अहिले चर्चा कमाइरहेको छ । अहिलेसम्म सबैभन्दा महँगो चार हजार भारुसम्ममा टिकट बिक्री भएको फिल्मको रेर्कडसमेत बाहुबलीले नै राखेको छ ।
बिहारको भागलपुरस्थित‘दीपप्रभा टकिज’मा बिहानैदेखि टिकट ब्ल्याकमा बेचिएको भन्दै स्थानीय र ब्ल्याक गर्ने युवाबीच झडप हुँदा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनुपरेको थियो । भारतमा अनलाइनमार्फत् आजसम्म सबैभन्दा बढी बुकिङ हुने फिल्मको रेकर्ड पनि बाहुबली–२ ले नै राखेको छ । भारतीय फिल्म बुक गर्ने अनलाइन एजेन्सी‘बुकमाइशो’ ले २४ घन्टाभित्र १० लाख दर्शकले टिकट बुक गरेको उल्लेख गरेको छ ।
भारतमा सबै फिल्महल पहिलो शोमै हाउसफुल हुने फिल्मको रेकर्ड पनि बाहुबली–२ ले नै राखेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply