Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, चैत । सरकारले नेपाल प्रहरी प्रमुखमा डिआईजी प्रकाश अर्याललाई नियुक्त गरेसँगै वरिष्ठताका आधारमा आफु प्रहरी प्रमुख हुनुपर्ने दावी गर्दै सर्वोच्च पुगेका नवराज सिलवाल पुनः एकपटक अदालतको ढोका घचघच्याउने भएका छन् ।
डिआईजी सिलवालले आफुमाथी अन्याय भएको भन्दै अब अन्तिम लडाईं लड्ने बताएका हुन् । यसअघि सरकारले चौंथो वरियतामा रहेका डिआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा नियुक्त गरेपछि सिलवाल अदालत पुगेका थिए । सर्वोच्चले चन्दको बढृुवा कार्यन्वयन नगर्न निर्देशन दिएको थियो ।
त्यसपछि सार्वेच्चले कार्यसम्पादन मुल्यांकनका आधारमा प्रहरी प्रमुख नियुक्ति गर्नु भन्ने आदेश दिएपछि सरकार नयाँ आईजिपी नियुक्तीको तयारीमा लागेको थियो । तर सरकारले कार्यसम्पादन मुल्यांकनका आधारमा पहिलो नम्बरमा रहेका प्रकाश अर्याललाई आईजीपी नियुक्त गरेपछि पनि सिलवाल सन्तुष्ट बन्न सकेनन् ।
कार्यसम्पादन मूल्यांकनको फाइलमा झेल भएको भन्दै सिलवालले असन्तुष्टि जनाएका छन् । उनले कार्यसम्पादन मूल्यांकनको फाइलमै दुई नम्बर घटाएर आफूलाई पछि पारिएको दाबी गरे । ’म कानुनी सर्वोच्चताका लागि पुनः लड्छु,’ उनले भने । यसअघिको गृह मन्त्रालयले डीआईजी जयबहादुर चन्दको मात्रै कार्यसम्पादन मूल्यांकनको फाइल मन्त्रिपरिषद्मा पेस गर्दै उनैलाई नियुक्तिको प्रस्ताव गरेको थियो । सर्वोच्च अदालतले भने प्रतिस्पर्धामा रहेको चारै डीआईजीको कार्यसम्पादन मूल्यांकनको फाइल पेस गर्नुपर्ने आदेश गरेको थियो । प्रतिस्पर्धामा रहेका चारै डीआईजीको कार्यसम्पादन मूल्यांकन असोजमा नै तयार पारिएको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply