Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

विराटनगर, चैत ।
शुक्रबारवाट पूर्वाञ्चलको विराटनगरमा निर्वाचन लक्षित सुरक्षा गाष्ठी सुरु भएको छ । आगामी बैशाख ३१ गतेको स्थानीय तहको चुनावलाई लक्षित गरी आवश्यक सुरक्षा रणनीति बनाउन क्षेत्रीय सुरक्षा गोष्ठी सुरु भएको हो ।
एक दिने सुरक्षा गोष्ठीमा निर्वाचन गराउन आवश्यक जनशक्ति, प्रविधि तथा सुरक्षा संवेदनशीलता र चाल्नुपर्ने कदमका विषयमा छलफल हुनेछ ।
गोष्ठीको उद्घाटन गर्दै गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले स्थानीय तहको निर्वाचन निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले सुरक्षाको अवस्था हेरेर रणनीति तयार पारेको बताए । गृहराज्यमन्त्री बानियाँले मुलुकको पाँचवटै विकास क्षेत्रमा सुरक्षा गोष्ठी सञ्चालन हुने उल्लेख गर्दै सुरक्षा निकायसँग आपसी समन्वय, कर्मचारीको अधिकार र कर्तव्यबारे जानकारी गराउनका लागि गोष्ठीको आयोजना गरिएको बताए ।
कार्यक्रममा  गृह सचिव लोकदर्शन रेग्मीले संघीय शासन प्रणालीको लाभ पहिलो पटक जनताले लिने भएकाले त्यही अनुसार अगाडी बढ्न सुरक्षा प्रमुखहरुलाई आग्रह गरे ।
कार्यक्रममा पूर्वका १६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका क्षेत्रीय प्रमुख तथा जिल्ला प्रमुखहरूको सहभागीता छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply