Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

मड्रिड, चैत ।
स्पेनिस ला लिगा लिडर रियल मड्रिडले प्रभावशाली प्रदर्शन यात्रा कायम राखेको छ । लिग अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले एलाभेसलाई ३–० ले हरायो । यो लिगामा रियलको लगातार चौथो जित हो ।
३१ औं मनिेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई सुरुवाति अग्रता दिलाए । बेन्जिमाले यो सिजन ला लिगामा अहिलेसम्म ९ गोल गरिसकेका छन् । पहिलो हाफमा १–० ले अघि रहेको रियलले अन्तिमको पाँच मिनेटमा थप दुई गोल गर्‍यो ।
५४ मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरेका थिए । तर त्यो अफसाइड भएकाले गोलको मान्यता पाएन । ८५ औं मिनेटमा इस्कोले अग्रता दोब्बर पारे । ८८ औं मिनेटमा नाचोले गोल गरेपछि रियल ३–० ले विजयी भयो ।
लिगका १० खेल बाँकी हुँदा शीर्ष स्थानमा रहेको रियल मड्रिडको २८ खेलबाट ६८ अंक भएको छ । गएको सिजन च्याम्पियन्स लिगको उपाधि उचालेको रियल मड्रिडले सन् २०१२ यता ला लिगाको उपाधि जित्न सकेको छैन ।
तर यो सिजन रियल उपाधिको होडमा सबैभन्दा अघि छ । तर बार्सिलोनाले पनि दबाब दिइरहेको छ । राति नै भएको खेलमा ग्रनाडालाई ४–१ ले हराएको बार्सिलोना २९ खेलबाट ६६ अंकसहित दोस्रो स्थानमा छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply