Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,२२ चैत ।
आगामी दशैमा मेलम्ची खानेपानी काठमाडौ आईपुग्ने कुरामा काठमाडौवासी अझै विश्वस्त हुन सकेका छैनन् । किनभने यो मेलम्ची खानेपानी काठमाडौ आईपुग्ने सपना उपत्यकाबासीको धेरै पुरानो सपना हो । तर अहिलेसम्म सपना सपनामै सिमित भईरहेको छ । तर पछिल्लो समय आयोजनाको काम हेर्दा मेलम्ची खानेपानी ढिलोचाडो काठमाडौ आईपुग्ने विश्वास गर्दैआएका छन् उपत्यकावासीले । आगामी दशै अघि नै मेलम्ची खानेपानी काठमाडौ आईपुग्ने अन्यौल कायमै रहेका बेला व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य दशैं अघि नै सक्न सरकारलाई निर्देशन दिएको छ ।
समितिले मंगलबार खानेपानी तथा सरसफाई मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीसँग छलफल गरेपछि मेलम्ची खानेपानी आयोजनाको काम दशैंअघि नै सक्न निर्देशन दिएको छ । साथै प्रत्येक महिना प्रगति विवरण पेश गर्न खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनालाई भनेको छ ।
समितिले आयोजना निर्माणका लागि हालसम्म भएका वित्तीय व्यवस्थापनसम्बन्धी सम्पूर्ण वितरण एक हप्ता भित्र समितिमा पेश गर्न पनि निर्देशन दिएको छ । समितिले पाइप विस्तारका क्रममा काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा आएको समस्या समाधान गर्न, वातावरणीय प्रदुषण न्यूनीकरण गर्ने कार्यलाई प्रभावकारी रुपमा संचालन गर्न पनि निर्देशन दिएको छ ।
समितिले आयोजनाको स्थलगत अवलोकन गर्ने तयारी पनि गरेको छ । आयोजनाबाट वित्तिय व्यवस्थापनसम्बन्धी विवरण समितिमा आउने वित्तिकै स्थलगत अवलोकन गर्ने निर्णय लिइएको समितिले जनाएको छ । बैठकमा खानेपानी मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले मेलम्ची खानेपानी आयोजनाको काम तीव्र गतिमा अघि बढाइएको जानकारी दिए । उनले मेलम्ची खानेपानीको निर्माण कार्य दशैं भित्र सक्ने प्रतिवद्धता जनाए ।
मेलम्ची खानेपानी आयोजनाका प्रमुख घनश्याम भट्टराईले सुरुङ निर्माणको काम अब ४ किलोमिटर मात्रै बाँकी रहेको जानकारी दिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply