Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी  भारतको पाँच दिने राजकीय भ्रमणमा जानुभएको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणमा  राष्ट्रपति भण्डारी  सोमबार बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो । राष्ट्रपतिका रुपमा भण्डारीको यो पहिलो  विदेश भ्रमण हो ।राष्ट्रपतिको पहिलो विदेश भ्रमणको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।
३४ सदस्यीय भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा। प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी यादवलगायत छन् । भारत बसाईका क्रममा राष्ट्रपतिले भारतीय समकक्षी मुखर्जीसँग भेटवार्ता गर्नेछिन् । उनलाई राष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुष्मा स्वराजले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीले गुजरात र उडिसाको पनि भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी शुक्रबार स्वदेश फर्कनुहुनेछ । उहाको भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने अपेक्षा गरिएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply