Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

सुर्खेत, चैत ।
नयाँ शक्ति नेपालका संयोजक एंव पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्ट्राचारको किर्तिमान तोडेको आरोप लगाएका छन् । संयोजक भट्टराईले प्रधानमन्त्री दाहाल नै पैसा कमाउन र भ्रष्टाचार गर्न लागिपरेकाले अहिले देशमा भ्रष्ट्राचारले किर्तिमान कायम गरेको टिप्पणी गरे । डा. बाबुराम भट्टराईले दलीय चुनाव चिन्ह नपाए दाहाल सरकारलाई धुलो चटाएरै छाड्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालकै सक्रियतामा नयाँ दललाई चुनाव चिन्ह नदिने गरी स्थानीय तह निर्वाचन ऐन ल्याएको उनको आरोप छ ।
भट्टराईले संसदमा नभएको दललाई चुनाव चिन्ह नदिनु लोकतन्त्र र संविधान विरोधी भएको टिप्पणी समेत गरे । उनले भनेः‘लोकतन्त्रविरुद्ध जानेलाई कुर्सीबाट खसाल्ने नेपाली परम्परा हो, हामी यति सशक्त आन्दोलन गर्छौ, प्रचण्ड सरकारलाई धुलो चटाएर छाड्छौं र हाम्रो चुनाव चिन्ह लिएर निर्वाचन लड्छौं ।’
बैशाख ३१ गते नै चुनाव हुने अर्थात नहुने वर्तमान सरकारम निर्भर हुने डा. भट्टराईको भनाई छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply