Ticker

6/recent/ticker-posts

कांग्रेस सभापति शेरबहादुर देउवा विरुद्ध सर्वोच्चमा रिट

काठमाडौ, चैत ।
अदालतको अपहेलना गरेको भन्दै सर्वोच्च अदालतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध रिट निवेदन दर्ता गरिएको छ । अधिवक्ता हरिप्रसाद मैनालीले आइतबार कांग्रेस सभापति देउवा र नेपाली कांग्रेस केन्द्रीय समितिलाई विपक्ष बनाई सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका हुन् ।
सभापति देउवा र केन्द्रीय समितिलाई अदालतको अपहेलना गरेको भन्दै हदैसम्मको कारबाहीको माग गर्दै उनले निवेदन दर्ता गराएका हुन् ।
उनले सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकबारेको फैसलाउपर काँग्रेस केन्द्रीय समितिले अदालतले सरकारको काममा हस्तक्षेप गरेको भन्ने निर्णयले अदालतको अपहेलना गरेकाले निवेदन दर्ता गराएको जानकारी दिए ।
केही दिनअघि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले प्रहरी महानिरीक्षक पदको नियुक्तिको सम्बन्धमा अदालतले हस्तक्षेप गरेको भन्ने निर्णय गरेको थियो ।

Post a Comment

0 Comments