Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं,  चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल उद्योग वाणिज्य महासंघमा वैधानिक प्रावधानबाटै पहिलोपटक महिला नेतृत्वमा आउनुलाई नेपाली महिलाको सामर्थ्यका रुपमा अर्थ्याएका छन्। प्रधानमन्त्री दाहालले संशोधित विधानअनुरुप वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष हुन लागेकी भवानी राणालाई अग्रिम बधाइ पनि दिए।

दाहालले भने, 'नेपालको राष्ट्रप्रमुख, प्रधानन्यायाधीश र सभामुखजस्ता महत्त्वपूर्ण स्थानमा महिला रहेको सन्दर्भमा निजी क्षेत्रको महत्वपूर्ण संस्थाको प्रमुख पदमा महिला पुग्नुले नेपाली महिलाहरुको सामर्थ्य र नेतृत्वदायी भूमिकाको उजागर गर्दछ।' 

सोमबार बिहान काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संघीय प्रणालीमा मुलुकभित्रै वस्तु, सेवा र पुँजीको आवतजावतमा कुनै पनि प्रकारका कर नलाग्ने पनि बताए।  प्रधानमन्त्रीले मुलुकको प्रतिस्पर्धात्मक क्षमता बढाउनका लागि निर्यात व्यापारमा शून्य करको अवस्था रहेको सन्दर्भमा संघीय प्रणालीमा मुलुकभित्रै वस्तु, सेवा र पुँजीको आवतजावतमा कुनै पनि प्रकारका कर नलाग्ने व्यवस्था गरी आन्तरिक बजारलाई अखण्डित राख्नुपर्ने बताए।

उनले संघीय प्रणालीमा सरकारका तहबीच दोहोरो कर नलाग्ने र जिम्मेवारीको बाँडफाँडका कारणले दुई वा सोभन्दा बढी तहमा उद्योगी व्यवसायीले व्यहोर्नुपर्ने प्रकृयागत झन्झट कम गर्न सरकार सचेत भएर काम गर्ने विश्वाससमेत दिलाए। 

प्रधानमन्त्रीले आफू नेतृत्वमा सरकार बनेपछि उद्योग व्यवसायको प्रवद्र्धन र सर्वसाधारणको सुविधाका लागि उपलब्ध विद्युतको कुशल व्यवस्थापन गर्दै लोडसेडिङ क्रमशः अन्त्य गर्दै लगिएको, देशमा लगानीको वातावरण बनाउन औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र सम्बन्धी कानून तर्जुमा गरिएको, वित्तीय क्षेत्रको सुदृढीकरण गर्न वाफिया सम्वन्धी ऐन पारित भइसकेको, मुलुकका राष्ट्रिय गौरवका आयोजनाहरुलाई तीव्र गतिमा अगाडि बढाइएको, रुग्ण उद्योगलाई पुनर्स्थापना गर्ने र लगानीका लागि अवरोधका रुपमा रहेका प्रशासनिक हडलहरु हटाउने लगायत थुप्रै कार्यहरु अगाडि बढाइएको जनाए। 

नेपालले आर्थिक सम्वृद्धिको व्यवस्थापनमा मिश्रित अनुभव हासिल गरेको भन्दै अब ग्रामीण क्षेत्रमा सम्वृद्धि ल्याउन प्रविधिको उच्चतम प्रयोग, कृषि, वन र उर्जामा लगानी वृद्धि गरी आर्थिक क्रियाकलापमा मानवीय संशाधनको अधिकतम परिचालन गर्न सक्नुपर्ने चर्चा गरे।

महासंघले मुलुकको बढ्दो व्यापार घाटाको हालको अवस्थाको न्यूनीकरण गर्दै मुलुकको आवश्यकता अनुरुप लगानी, उत्पादन र रोजगारीको दिशामा अगाडी बढ्ने विषयमा बहस र छलफल केन्द्रीत गरोस् भनी प्रधानन्त्रीले शुभकामना पनि दिए।

उनले भने, 'पछिल्लो समय मुलुकका विभिन्न संस्थाका साधारण सभाहरुमा नीति कार्यक्रमभन्दा नेतृत्व कसले लिने भन्ने विषयमा बढी समय खर्चिने गरेको परम्परालाई महासंघले क्रमभंग गर्न सकोस् र नेपालको अर्थतन्त्रमा सार्वजनिक क्षेत्रको उत्तरदायित्व र जिम्मेवारीको भावना र निजी क्षेत्रको व्यवस्थापकीय कार्यकुशलता बीच फ्यूजन गरी आर्थिक सम्वृद्धि मार्फत् सरकारको दिगो विकासको लक्ष्य हासिल गर्ने कार्यमा परिपूरकको भूमिका निर्वाह गर्न अग्रसरता लिन सकोस्।'  

दाहालले देश पूरै स्थानीय तहको निर्वाचनमा होमिइसकेको र वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्न निजी क्षेत्रको पनि सहयोगको खाँचो रहेको अाैल्याए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply