Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, चैत ।
विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक संसदमा पाँचौ ठुलो पार्टी बनेको छ । फोरम लोकतान्त्रिक र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकको एकता भएसँगै यसमा दलित जनजाति पार्टी नेपाल पनि समाहित भएको छ । जनजाति पार्टीको नेतृत्व गरेकि यशोदा लामा पनि एकतामा सहभागि भएकी छन् ।
अहिले संसदमा फोरम लोकतान्त्रिकको १४, जनमुक्तिको २ र दलित जनजातिको १ सांसद रहेका छन् । योसँगै फोरम लोकतान्त्रिकका १७ जना सांसद भएका छन् ।
उनीहरुबीच पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम राख्ने सहमति भएको छ । अध्यक्ष गच्छदार र सहअध्यक्ष राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापा छन् । ३ प्रतिशत थ्रेसहोल्डको नीति ल्याएपछि साना दलहरुबीच एकिकरण प्रक्रिया शुरु गरेका छन् । योसंगै संसदमा प्रतिनिधित्व गर्ने कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपापछि पाँचौ शक्ति गच्छदारको पार्टी बनेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply