Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, बैशाख – सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले संविधानको कार्यान्वयनका साथै स्थानीय निकायको चुनाव सफल पार्न दलहरु एकजुट हुनेपर्ने बताउनुभएको छ । लामो समयपछिको अथक प्रयास तथा ऐतिहासिक उपलब्धिका रुपमा पाएको संविधानको कार्यान्वयनका लागि दलहरु एकै ठाउमा र एक मतका साथ अघि बढ्नुपर्ने बताउनु भएको हो ।

नुवाकोटको विदुरमा शनिबार प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मन्त्री केसीले तीन मुख्य दल नमिलेसम्म देशमा संविधानको कार्यान्वयन हुन नसक्ने बताउनुभयो। मन्त्री केसीले मधेसवादी दलहरुलाई पनि समेटेर निर्वाचनको मिति केही दिन सारेर भएपनि सबै पक्षको सहमतिमा स्थानीय तहको निर्वाचन गर्न सरकार दृढ रहेको बताउनुभयो।

उहाँले मधेसवादी दलहरु पनि निर्वाचनमा जाने सकारात्मक धारणा आएका कारण निर्वाचनको मिति केही हेरफेर हुन सक्ने वताउनुभयो । मन्त्री केसीले देशमा विद्यमान समस्या समाधानका लागि तीन मुख्य दलको सहमति वेगर असम्भव रहेको वताउनुभयो। संसदका तीन मुख्य दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सहमतिबाटै देशमा संविधान जारी भएकाले गतिरोध अन्त्य पनि तीन दलको सहमतिबाटै सम्भव रहेको मन्त्रि केसीले बताउनुभयो ।

उहाँले देशलाई सफल वनाउन तीनै तहको निर्वाचन आउँदो माघभित्रै हुनु पर्ने ठहर गर्नुभयोे । गत वर्ष संविधान जारी हुने क्रममासमेत आफुले वर्तमान संविधानमा केहि विषय अपुर्ण रहेकोले संम्वोधन गरिनु पर्ने माग राखेको भएपनि हाल आएर सत्य सावित हुन पुगेको वताउनुभयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं सांसद बहादुरसिंह तामाङले ६५ वर्षपछि नेपाली जनता आफैंले निर्माण गरेको संविधान कार्यान्वयन हुन नदिन भइरहेको षड्यन्त्रसमेत सरकारमा रहेका र नरहेका सवै दलको एकमत हुनु पर्ने वताउनुभयो । उहाँले देशलाई सफल बनाउनका लागि राष्ट्रिय एकताको जरुरी रहेको र त्यसका लागि तीन मुख्य दलको एकता हुन जरुरी रहेको बताउनुभयो।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply