Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, चैत ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित थप १७ जिल्लामा निजी आवास पुनर्निर्माणका लागि अनुदान बापतको पहिलो किस्ता वितरण सुरु गर्दैछ । सोमबार कास्कीको लुम्लेबाट पहिलो किस्ताको रकम वितरणको सुरुवात गर्ने प्राधिकरणका प्रवक्ता यमलाल भुषालले बताए । सोमबार कास्कीमा सुरुवात गरिने र त्यसपछि अरु जिल्लामा पनि क्रमशः वितरण थालिने छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले लुम्लेबाट अनुदान वितरण सुरु गर्ने कार्यक्रम छ । कास्कीका दुई हजार २३८ घरधुरीमध्ये लुम्लेमा १६२ घरधुरी लाभग्राही सूचीमा समावेश छन् ।
भूकम्म प्रभावित अर्घाखाँची, बाग्लुङ, भोजपुर, धनकुटा, गुल्मी, कास्की, खोटाङ, लमजुङ, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत, सङ्खुवासभा, स्याङ्जा, चितवन, सोलुखुम्बु र तनहुँमा गरी अहिलेसम्म साबिकका ५८६ गाविस तथा नगरपालिकाबाट लाभग्राहीको सूचि प्राप्त भइसकेको छ ।
बाँकी १७७ गाविस तथा नगरपालिकाको तथ्याङ्क एकीकृत गर्ने कार्य भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले सर्वेक्षण गरी लाभग्राही सूचिमा समावेश भएकालाई घर बनाउन दिने तीन लाख रुपैयाँ अनुदानमध्ये पहिलो किस्ताबापतको  ५० हजा रुपैयाँ वितरण गर्न लागेको हो । सोलुखुम्बुका तीन गाविसमा भने हिमपातका कारण तथ्याङ्क सङ्कलन हुन सकेको छैन । ती गाविसमा केन्द्रबाट टोली खटाएर तथ्याङ्क सङ्कलन गरिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply