Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

कोलकाता, चैत ।
इन्डियन प्रिमियर लिग लिग (आइपिएल) क्रिकेट मा कोलकाता नाइट राइडर्सले गुजरात रालयन्सलाई ३१ बल बाँकी छँदै १० विकेटले हराएको छ । कीर्तिमानी जित निकाल्न १ सय ८४ रनको लक्ष्य कोलकाताले १४ ओभर ५ बलमा विकेट नगुमाइ भेट्टाएको हो । कोलकातालाई जिताउन क्रिस लायनले ४१ लमा नटआउट ९३ रन बनाए । उनले ८ छक्का र ६ चौका बनाएका थिए । यस्तै कप्तान गौतम गाम्भिरले ४८ बलमा नटआउट ७६ रन बनाए । १२ चौका प्रहार गरे ।
गाम्भिर र लायनले आइपिल क्रिकेटमा पहिलो विकेटका लागि सर्वाधिक रन साझेदारीको रेकर्ड पनि बनाएका छन् । यसअघि यो रेकर्ड क्रिस गेल र दिलसानको नाममा थियो । उनीहरुले १ सय ६७ रनको साझेदारी गरेका थिए ।
यसअघि टस हारेपछि ब्याटिङमा आएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट जाँदा १ सय ८३ रन बनाएको थियो । गुजरातका लागि सुरेश रैनाले ५१ बलमा ६८ रन बनाए । दिनेश कात्तिकले २५ बलमा ४७ रन साथै ब्रेन्डन म्याकुलमले २४ बलमा ३५ रन बनाए । कोलकाताका कुलदीप यादवले दुई, ट्रेन बोल्ट र पियुस चावलाले एक एक विकेट लिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply