सान्दाई, काठमाडौं
उनि गोरी अनि उज्याली छैनन
भर्भराउदो अनुहार अनि पुष्ट छाती
अह छदै छैन
उनि मुस्कुराउदा गालामा डिम्पल पर्दैन
कलेटी पर्छ
उनको गालाको उपल्लो भागमा देखिन्छ
डन्डीफोरको एक जमात
देख्ने बित्तिकै अंगालो हालौ जस्तो छैन उनको जिउ
उनको आखामा डुबुल्की लाएर कुनै कबिता फुर्दैन मलाइ
उनको शरिरको प्रशंसामा समय र बिचार खर्चिन मन लाग्दैन मलाइ
उनको केशराशिबाट कुनै सुगन्धित बास्ना आउदैन
उनको ओठमा मुख मिठ्याउने कुनै स्वाद भेट्दिन म
उनि संग घन्टौ फोनमा कुरा गर्न समय र जागर छैन म मा
उनि मेरी हुन् भनेर अरुको अगाडी घमण्ड देखाउन सक्दिन म
उनि म संग हुदा मख्ख पर्छिन
म जस्तै
म संग हुदा सुरक्षित महसुस गर्छिन
म जस्तै
उनि मलाइ मन पराउदिनन
म जस्तै
हाम्रो बिचार मिल्छ
...र त हामी प्रेम गर्छौ
अथाह
0 Comments