Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी,चैत ।
दक्षिण अमेरिकी देश कोलम्बियामा लगातारको वर्षापछि आएको बाढी तथा पहिरोका कारण कम्तिमा दुई सय ६ जनाको ज्यान गएको छ । बाढी तथा पहिरोमा परि दुई सय २२ जना भन्दा धेरै बेपत्ता भएका छन् भने दुई सय दुई जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् ।
रातभरि भएको वर्षाका कारण स्थानीय नदीमा पानीको बहाव उच्च भएको छ भने बाँध फुटेका छन् । बाढी तथा पहिरोका कारण पुटुमायो प्रान्तका धेरै घरमा क्षति पुगेको रेड क्रेसले जनाएको छ ।
राष्ट्रपति आन म्यानुएल सान्तोसले प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । राष्ट्रिय आपतकालिन उद्धार अन्तर्गत सुरक्षाकर्मी खटिएको उनले जनाएका छन् । उनले प्रभावित क्षेत्रमा राष्ट्रिय आपतकालिन अवस्था घोषणा गरेका छन् । उद्धार तथा राहतका लागि ११ सय भन्दा धेरै सैनिक तथा प्रहरी खटिएको जनाईएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply